Govinda Raj Joshi

Bisweshwor Prasad Koirala Ganesh Man Singh Krishna Prasad Bhattarai Girija Prasad Koirala

प्रेस विज्ञप्ति ,चैत्र २७, २०६६

नेपाली काँग्रेसका कार्यवाहक सभापति श्री सुशील कोइरालाज्यूको अध्यक्षतामा केन्द्रीय कार्यसमितिको बैठक पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, सानेपा, ललितपुरमा आज बस्यो। बैठकबाट निम्नानुसार निर्णय गरियो। १. पार्टी एकीकरण हुँदाका बखत भएको महासमितिको बैठकबाट अनुमोदित सहमति अनुसार नै पार्टीका वरिष्ठता लगायतका सबै विषयहरु १२ औँ महाधिवेशनसम्म यथावत कायम रहनेछन्। २. पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरुको अवधि २०६७ भाद्र १६ गतेसम्म थप गर्ने। यसको जानकारी निर्वाचन आयोगलाई पठाउने। ३. पार्टीको १२ औँ महाधिवेशन २०६७ भाद्र १०, ११, १२, १३ र १४ गते काठमाडौँमा आयोजना गर्ने। ४. (क) क्रियाशील सदस्यता नवीकरण र नयाँ आवेदन फारमहरु केन्द्रबाट वितरण भैसकेका जिल्लाहरुको हकमा २०६७ वैशाख १५ गतेभित्र सबै फारम र सूचीहरु लगायतका दस्तावेजहरु केन्द्रीय कार्यालयमा आइसक्नु पर्ने। (ख) केन्द्रबाट क्रियाशील सदस्यता नपुगेका जिल्लाहरुको हकमा २०६७ वैशाख मसान्तभित्र केन्द्रीय कार्यालयमा आइसक्नु पर्ने।। . (ग) क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण सम्बन्धमा केन्द्रीय कार्यसमितिबाट गरिएको परिपत्र अनुसारका प्रकृया पूरा नगरि जिल्लाबाट पठाइएका सूची र फारमहरु स्वीकृत गरिने छैन। साथै क्रियाशील फारम र सूचीहरु तोकिएको मिति भित्र नपठाउने जिल्लाहरुले महाधिवेशनमा भाग लिन पाउने छैनन्। ५. जिल्ला, क्षेत्र, गाउँ/नगर/नगर वडा लगायत सबै तहका सभापति/सहसभापति/निवर्तमान सभापति सहितको हस्ताक्षर भएको निर्णय प्रतिलिपी सहितको सूची र फारमहरु केन्द्रमा पठाउनु पर्नेछ। सो अनुसार नआएका फारमहरु स्वीकृत गरिने छैन। केन्द्रीय कार्यसमितिको बैठक २०६७ वैशाख २ गते बिहान ८ः०० बजे पुनः बस्नेछ। रामचन्द्र पोखरेल मुख्य सचिव