Govinda Raj Joshi

Bisweshwor Prasad Koirala Ganesh Man Singh Krishna Prasad Bhattarai Girija Prasad Koirala

नेपाली कांग्रेसको विधान २०६६

 २०१७ ,२०५१, २०५४, २०५७, २०६२,२०६४ र २०६६ मा संशोधन र परिमार्जन गरी मिलाइएको रुपमा     प्रस्तावना : जननायक बी।पी। कोइरालाको सकि्रयतामा वि।सं। २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको गठन भई वि।सं। २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसका बीच सम्पन्न एकीकरणपश्चात् नेपाली कांग्रेसको नामबाट सङ्गठित र साचालित यस पार्टीले सशस्त्र आन्दोलनद्वारा जहानियाँ राणा शासनको अन्त्य गरी वि।सं। २००७ सालमा प्रजातन्त्रको स्थापना गरेको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै असङ्ख्य शहीदहरुको रगतले सििाचत नेपाली जनताको स्नेह एवं विश्वासले पोषित क्रान्तिकारी पार्टीका हैसियतले वि।सं। २०१५ सालको प्रथम आमनिर्वाचनमा विजयी भएर सरकार गठन गर्ने सुअवसर प्राप्त यस पार्टीले जनहितका लागि काम गर्दा गर्दै वि।सं। २०१७ मा बलात् प्रजातन्त्र अपहरित भएपछि वि।सं। २०४६ सालको अन्त्यसम्म प्रतिबन्धात्मक रुपमा रही प्रजातन्त्र पुनःस्थापनार्थ निरङ्कुश पाचायती व्यवस्थाका विरुद्ध गरेका अनवरत सङ्घर्षलाई सम्झना गर्दै वि।सं। २०४६ सालमा यही पार्टीको आह्वान र सर्वमान्य नेता गणेशमान िसंहको नायकत्वमा जन-आन्दोलन गरी प्रजातन्त्रको पुनःस्थापना गर्न सफल भएपश्चात् नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिकका रुपमा प्रतिष्ठापित गर्नाका साथै संवैधानिक राजतन्त्र मानव अधिकार संसदीय शासनप्रणाली र बहुदलीय व्यवस्थालाई प्रत्याभूत गर्न सफल भएको कीर्तिमानलाई स्मरण गर्दै नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईले नेतृत्व गर्नु भएको सरकारले संवैधानिक राजतन्त्र र बहुदलीय शासन व्यवस्था सहितको संविधान २०४७ सालमा जारी गरी सो संविधान अन्तर्गत तीनवटा संसदीय आम निर्वाचन दुई वटा स्थानीय निकायको निर्वाचन गरी प्रजातन्त्र सुदृढ हुँदै गैरहेको र जनहितका कार्यहरु भैरहेको अवस्थामा २०५९ सालमा शुरु भएको राजाको प्रतिगामी कदमबाट संसदीय शासन प्रणाली र बहुदलीय प्रजातन्त्र लगायतका संवैधानिक व्यवस्थाहरु क्षतविक्षत बनाइएपछि नेपाली कांग्रेसको आह्वानमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा राजाको प्रतिगमनका विरुद्ध जनताको सर्वोच्चता स्थापित गराउन संचालन भएको संघर्षलाई निरन्तरता िदंदै देशका राजनीतिक दलहरुसँग समन्वय गरी संचालन भएको २०६२/०६३ को शान्तिपूर्ण संयुक्त जनआन्दोलनद्वारा संसद् पुनस्र्थापना गरेको गौरवमय किर्तिमान र तत्पश्चात् गिरिजाप्रसाद कोइरालाकै प्रधानमन्त्रीत्वमा बनेको सरकारको नेतृत्वमा प्रारम्भ भएको शान्ति प्रकि्रया र संसद्ले नेपालको अन्तरिम संविधान २०६३ जारी गरी सार्वभौमसत्ता र राजकीयसत्ता पूर्णरुपले जनतामा स्थापित गरेको ऐतिहासिक घटनालाई स्मरण गर्दै नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक बीच भएको एकीकरणपश्चात् २०६४ असोजमा बी।पी। स्मृति भवन बी।पी। नगर सानेपा ललितपुरमा भएको महासमितिको बैठकले देशमा संघीय गणतन्त्रात्मक राज्य संरचना एवं बहुदलीय संसदीय लोकतान्त्रिक शासन व्यवस्था स्थापना गर्ने गरी गरेको निर्णय र संविधानसभाको निर्वाचन पश्चात् नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले संविधानसभाको निर्वाचन गरी गणतन्त्र कार्यान्वयनको लागि संविधानसभाको पहिलो बैठकमा पेश गरेको प्रस्ताव पारित भई नेपालमा राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक उपलब्धिप्रति गर्व गर्दै नेपाली कांग्रेसले आफ्नो जन्मकालदेखि प्रतिपादन गरेको राष्ट्रियता लोकतन्त्र र समाजवादका आदर्श मूल्य र मान्यताका आधारमा न्यायपूर्ण गतिशील स्वतन्त्र र समतामूलक समाजको स्थापनाका लागि देखाएको प्रतिवद्धता र यस पार्टीका नेता एवं कार्यकर्ताले गरेको त्याग तपस्या र बलिदानपूर्ण देशभक्तिको लामो परम्परालाई निरन्तरता दिन बलिदान हुने एवं िहंसात्मक द्वन्द्वको बेलामा समेत पार्टी सिद्धान्त र मुलुकमा स्थायी शान्तिका निमित्त जीवन उत्सर्ग गर्ने शहीद साथीहरुको सहादतलाई सम्मान गर्दै राष्ट्रियता र लोकतन्त्रको संरक्षण र संवद्र्धन गर्दै नेपाललाई सभ्य सुखी र सम्पन्न राष्ट्रका रुपमा स्थापित गरी सामाजिक राजनीतिक र आर्थिक विकास गर्ने पुनीत उद्देश्यले नेपाली कांग्रेसलाई एकताबद्ध सुसङ्गठित र सक्षम राजनीतिक दलका रुपमा साचालन गर्नका लागि नेपाली कांग्रेसको विधान २०१७ लाई समसामयिक व्यवहारिक र वैज्ञानिक बनाउन परिमार्जनसहित संशोधन गर्न आवश्यक भएकाले नेपाली कांग्रेसको आठौँ महाधिवेशन २०४८ ले दिएको अधिकार प्रयोग गरी पोखरामा सम्पन्न महासमितिको बैठक २०५१ फागुन २३ का दिन पारित गरेको पहिलो संशोधित विधानलाई नवौँ महाधिवेशन २०५३ ले दिएको अधिकार प्रयोग गरी नेपालगाजमा बसेको महासमितिको बैठकले २०५४ कात्र्तिक ७ का दिन दोस्रो संशोधन पारित गरेको र त्यसपछि पोखरामा सम्पन्न दशौँ महाधिवेशनले २०५७ माघ ७ गते बाट तेस्रो संशोधन र २०६२ भाद्र १५ मा एघारौँ महाधिवेशनबाट भएको चौथो संशोधन त्यसपछि महासमितिको बैठकले मिति २०६४/६/८ मा पाँचौँ संशोधन भएकोमा महासमितिको बैठक २०६६ कात्र्तिक १८ गते ले नेपाली कांग्रेसको विधान २०१७ मा छैठौँ संशोधन सहित लागू गरेको छ ।                                परिच्छेद-१    प्रारम्भिक १। नाम र प्रारम्भ : १ यस विधानको नाम नेपाली कांग्रेसको विधान २०१७, २०५१ ,२०५४, २०५७, २०६२ ,२०६४ र २०६६ मा संशोधन र परिमार्जन गरिएको भनिनेछ । २ यो विधान तुरुन्त प्रारम्भ हुनेछ ।३  यस विधानको पालना गर्नु प्रत्येक सदस्यको कर्तव्य हुनेछ ।४ नेपाली कांग्रेस पार्टीको सम्पूर्ण काम कारवाई यसै विधानमा लेखिएअनुसार हुनेछ । २। उद्देश्य : राष्ट्रियता लोकतन्त्र समाजवादको आदर्श एवं सिद्धान्त अनुरुप संघीय गणतन्त्रात्मक राज्य बहुलवादमा आधारित बहुदलीय व्यवस्था तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्यायपूर्ण गतिशील र शान्तिपूर्ण समाजको निर्माण गरी सामाजिक राजनीतिक तथा आर्थिक विकास गर्नु नेपाली कांग्रेसको उद्देश्य हुनेछ । ३। परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस विधानमा :१ क्षेत्रू भन्नाले मतदान केन्द्र गाउँ नगर जिल्ला संसदीय निर्वाचन क्षेत्र र विकास क्षेत्र भन्ने बुझाउनेछ ।२ सदस्यू भन्नाले यसै विधानअनुसारका साधारण र कि्रयाशील सदस्य भन्ने बुझाउनेछ ।३ पदाधिकारी भन्नाले नेपाली कांग्रेसको केन्द्रीय सभापति उपसभापति महामन्त्री कोषाध्यक्ष र सहमहामन्त्रीलाई बुझाउने छ र सो शब्दले अन्य सबै तहका सभापति उपसभापति सचिव कोषाध्यक्ष र सह-सचिवलाई समेत जनाउनेछ । ४  निकायू भन्नाले यस विधानअनुसार व्यवस्थित पार्टीका कुनै पनि तह विभाग वा संस्थाहरुलाई समेत बुझाउनेछ ।५  भ्रातृसंस्था भन्नाले नेपाली कांग्रेसको उद्देश्य र सिद्धान्तलाई मान्ने वर्गीय र अन्य रचनात्मक कि्रयाकलापमा संलग्न संस्थालाई बुझाउनेछ ।६ शुभेच्छुक संस्था भन्नाले पार्टीसँग आबद्ध नरहेका तर पार्टीले अँगालेका बृहत्तर आदर्शका निम्ति कि्रयाशील र सहयोगी रहने लोकतान्त्रिक संघ संस्था र समूहलाई जनाउनेछ । ७ पार्टी दल भन्नाले नेपाली कांग्रेस पार्टीलाई बुझाउनेछ ।८ संसदीय दलू भन्नाले नेपाली कांग्रेस पार्टीको संसदीय दललाई बुझाउनेछ । सो शब्दले प्रदेशमा नेपाली कांग्रेसको प्रदेश संसदीय दललाई समेत बुझाउने छ । ९ पार्टीका सांसदू भन्नाले संविधानसभा प्रतिनिधि सभा राष्ट्रिय सभामा पार्टीका तर्फबाट उम्मेदवार भई निर्वाचित सदस्य तथा कानूनबमोजिम पार्टीमा समावेश हुन आएका अन्य सांसदहरुसमेतलाई जनाउनेछ ।१० केन्द्रू भन्नाले केन्द्रीय कार्यसमिति र पार्टीको केन्द्रीय कार्यालयलाई समेत बुझाउनेछ ।११ नियमावली भन्नाले यस विधान बमोजिम केन्द्रीय कार्यसमितिले बनाएको नियमावलीलाई बुझाउनेछ ।१२ तोकिएको वा तोकिए बमोजिमू भन्नाले नियमावलीमा उल्लेख भएको वा केन्द्रीय कार्यसमितिले निर्णय गरी परिपत्र जारी गरेकोलाई समेत बुझाउनेछ । परिच्छेद-२    सदस्यता ४। सदस्यता र सदस्यताको दर्ता किताब : १ नेपाली कांग्रेसको विधान मानी पार्टी अनुशासनभित्र रहन माजूर गर्ने अठार वर्ष उमेर पुगेको कुनै पनि नेपाली नागरिकले रु। - दश शुल्क बुझाई साधारण सदस्य बन्न सक्नेछ ।२  कि्रयाशील सदस्यताका लागि देहायबमोजिम योग्यता पुगेको साधारण सदस्यले क्षेत्रीय कार्यससमितिमा नियमावली बमोजिम आफ्नो गाउँ वा नगर कार्यसमिति मार्फत आवेदन दिनुपर्नेछ । तर छुट्टा छुट्टै संसदीय निर्वाचन क्षेत्रमा नगरका वडाहरु परेको भए नगर वडा कार्यसमिति मार्फत क्षेत्रीय कार्यसमितिमा आवेदन दिनुपर्नेछ -क  पार्टीको कार्यमा दैनिक रुपमा संलग्न रही लगातार दुई वर्ष साधारण सदस्य रहेको । ख  कुनै भ्रातृसंस्था वा शुभेच्छुक संस्थाको साधारण सदस्य भई लगातार चार वर्ष सकि्रयतापूर्वक काम गरेको ।३ नेपाली कांग्रेसको गाउँ नगर कार्यसमिति वा नगर वडा कार्यसमितिले पार्टीले निर्धारित गरेको नियम र प्रकि्रयाअनुसार साधारण सदस्यता दिन र नवीकरण गर्नुपर्नेछ ।४ गाउँ वा नगर वा नगर वडा कार्यसमितिले प्रस्तावित गरेको साधारण सदस्यलाई क्षेत्रीय कार्यसमितिको सिफारिसमा जिल्ला कार्यसमितिले अनुमोदन गरेको र केन्द्रीय सभापति वा महामन्त्रीले उपयुक्त ठानेको साधारण सदस्यलाई रु। - दुई सय शुल्क लिई केन्द्रले कि्रयाशील सदस्यता दिनेछ । ५ विदेश स्थित नेपाली जनसम्पर्क समितिको हकमा सार्क मुलुकहरुमा रहने नेपाली कांग्रेसको कि्रयाशील सदस्यता शुल्क रु ३२०।- तीन सय बीस जापान युरोप अष्ट्रेलिया अमेरिका दक्षिण कोरिया हङकङमा अमेरिकी डलर २५ पच्चीस बराबर र खाडी मुलुक र मलेसियामा अमेरिकी डलर ५ पाँच बराबर सदस्यता शुल्क लाग्नेछ । विदेशस्थित जनसम्पर्क समितिले नेपाली कांग्रेसको कि्रयाशील सदस्यताको सिफारिससाथ शुल्क सहित केन्द्रमा नामावली पठाउनुपर्नेछ । जनसम्पर्क समितिबाट सिफारिस भएका व्यक्तिको कि्रयाशील सदस्यता केन्द्रबाट स्वीकृत नभएमा त्यस्ता व्यक्तिको शुल्क जनसम्पर्क समितिमा फिर्ता पठाइनेछ । यस विधानमा जेसुकै लेखिएको भएपनि विदेशस्थित नेपाली जनसम्पर्क समितिले सकि्रय सदस्यता नवीकरण गर्दा कि्रयाशील सदस्यता शुल्कको आधा रकम नवीकरण शुल्क लिई कि्रयाशील सदस्यता नवीकरण गर्नुपर्नेछ । त्यस्तो नवीकरण शुल्कमध्ये तोकिएबमोजिमको रकम केन्द्रमा पठाउनु पर्नेछ ।६ कि्रयाशील सदस्यताका लागि देहायका आधारमा सिफारिस गर्नुपर्नेछ ।क पार्टीको उद्देश्य नीति र कार्यक्रमलाई निरन्तर सघाउ पुर् याउँदै विभिन्न कष्ट यातना जेल एवं निर्वासन भोगेको ।ख पार्टी र भ्रातृसंस्थाको माध्यमबाट विकास निर्माण र अन्य सामाजिक तथा रचनात्मक कार्यमा सकि्रय रहेको ।ग निर्वाचनहरुमा पार्टीको निर्देशनमा सकि्रयतापूर्वक संलग्न रहेको ।७ रु। - एक सय शुल्क लिई कि्रयाशील सदस्यताको प्रमाणपत्रमा नवीकरण गर्ने काम जिल्ला कार्यसमितिले गर्नेछ । नवीकरण शुल्कको बाँडफाँड तोकिए बमोजिम हुनेछ । कि्रयाशील सदस्यता नवीकरण गर्दा उपधारा ६ मा उल्लेखित आधारहरुका अतिरिक्त देहायका आधारमा गर्नुपर्नेछ । क आफू जिम्मा रहेको वा आफूले तोकिए बमोजिम बुझाउने रकम तथा सम्पत्ति नबुझाएकोमा कारबाही भएको रहेछ भने सम्बन्धित निकायले कारवाहीको टुङ्गो लगाएको हुनुपर्नेछ ।ख जिल्ला क्षेत्र गाउँ नगर वा नगर वडा अधिवेशनमा काबु बाहिरको परिस्थिति आइपरेमा बाहेक भाग लिएको हुनुपर्नेछ ।८ नेपाली कांग्रेस पार्टीमा कानून बमोजिम विलय हुने राजनैतिक पार्टीका सदस्य वा शुभेच्छुक वा पार्टीका शुभेच्छुकलाई केन्द्रीय कार्यसमितिले पार्टीको कि्रयाशील सदस्यता प्रदान गर्न सक्नेछ । यसरी कि्रयाशील सदस्यता प्राप्त गर्ने व्यक्तिहरुले पार्टीको निर्वाचनमा भाग लिने वा पार्टीको कुनै पदमा मनोनयन गर्ने सम्बन्धमा केन्द्रीय कार्यसमितिले निर्णय गरे बमॊजिम हुनेछ । यस धारा बमोजिम कि्रयाशील सदस्यता प्राप्त गरेका व्यक्तिहरुको अभिलेख सम्बन्धित जिल्लामा पठाइनेछ ।९  पार्टीको भ्रातृसंस्थाको सदस्य र शुभेच्छुक सङ्घ संस्था र व्यक्तिले पनि पार्टीले निर्धारित गरेको सहयोग शुल्क बुझाउनु पर्नेछ । यसप्रकार नियमित सहयोग शुल्क बुझाउनेहरुको व्यवस्थित अभिलेख तोकिएबमोजिम राखिनेछ ।१०  पार्टीका साधारण र कि्रयाशील सदस्यहरुको नामावली र अद्यावधिक विवरण सहितको दर्ता किताब तथा पार्टीसम्बन्धी अन्य आवश्यक अभिलेख केन्द्रीय कार्यसमितिले तोके बमोजिम राखिनेछ ।११  कि्रयाशील सदस्यको काम कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।१२ कि्रयाशील सदस्यको सदस्यता नवीकरण गर्दा अपनाउनुपर्ने प्रकि्रया तोकिए बमोजिम हुनेछ ।१३ पार्टीको कि्रयाशील सदस्यता जुनसुकै समयमा पनि प्रदान गर्न सकिनेछ । तर महाधिवेशनको मितिभन्दा एक वर्ष पहिलेसम्म कि्रयाशील सदस्यता प्राप्त गरेका वा कि्रयाशील सदस्यता नवीकरण गरेका व्यक्तिले मात्र पार्टीको निर्वाचनमा भाग लिन पाउनेछ । त्यस्ता सदस्यको नाम मात्र मतदाता नामावलीमा समावेश गरिनेछ ।१४ कि्रयाशील सदस्यले आफ्नो सदस्यता नेपालको कुनै पनि गाउँ वा नगरको वडामा स्थानान्तरण गर्न र पार्टीको निर्वाचनमा भाग लिन सक्नेछ । तर पार्टीको कुनै तहको निर्वाचनको मितिभन्दा छ महिना अघि स्थानान्तरण नभएकाले निर्वाचनमा भाग लिन पाउने छैन ।     परिच्छेद -गाउँ नगर क्षेत्रीय र जिल्ला अधिवेशन र कार्यसमिति  ५। गाउँ अधिवेशन तथा गाउँ सम्मेलन र गाउँ कार्यसमितिको गठन : १ गाउँ अधिवेशन ः गाउँ अधिवेशन तथा गाउँ सम्मेलन र गाउँ कार्यसमितिको गठन देहायबमोजिम हुनेछ । क  गाउँ अधिवेशन गठन गर्ने प्रयोजनका लागि गाउँ विकास समितिको क्षेत्रलाई गाउँ अधिवेशन तथा गाउँ सम्मेलनको क्षेत्र मानिनेछ ।ख  प्रत्येक गाउँ विकास समितिमा गाउँ अधिवेशनले गाउँ कार्यसमितिको गठन गर्नेछ । ग  गाउँ अधिवेशनको क्षेत्रभित्रका सबै कि्रयाशील सदस्यहरु गाउँ अधिवेशनका सदस्य हुनेछन् ।  २ गाउँ कार्यसमिति :         १ गाउँ अधिवेशनले कि्रयाशील सदस्यहरुमध्येबाट गाउँ कार्यसमितिका             लागि  सभापति एक सचिव एक कोषाध्यक्ष र आठ जना सदस्यहरुको  निर्वाचन गर्नेछ ।२ गाउँ सभापतिले निर्वाचित सदस्यहरुमध्येबाट गाउँ कार्यसमितिका लागि एक उपसभापति एक सचिव एक सह-सचिवको नाम प्रस्ताव गरी निर्वाचित गाउँ कार्यसमितिले चयन गर्नेछ । ३ गाउँ सभापतिले कि्रयाशील सदस्यहरुमध्येबाट गाउँ कार्यसमितिका लागि बढीमा सात जना सदस्यहरु मनोनित गर्नेछ । ४ क्षेत्रीय प्रतिनिधिहरु वडा सभापतिहरु र मतदान केन्द्र सभापतिहरु गाउँ कार्यसमितिका पदेन सदस्य हुनेछन् ।३  गाउँ वडा कार्यसमिति : १ गाउँ विकास समितिका प्रत्येक वडाका कि्रयाशील र साधारण सदस्यहरु मिलेर कि्रयाशील सदस्यहरुमध्येबाट वडा सभापति; कि्रयाशील र साधारण सदस्यहरुमध्येबाट एक सचिव एक कोषाध्यक्ष र आठ जना सदस्यहरुको निर्वाचन गर्नेछन् ।२ वडा सभापतिले निर्वाचित सदस्यहरुमध्येबाट गाउँ कार्यसमितिका लागि एक उपसभापति एक सचिव एक सह-सचिवको नाम प्रस्ताव गरी निर्वाचित वडा कार्यसमितिले चयन गर्नेछ ३ वडा सभापतिले कि्रयाशील र साधारण सदस्यहरुमध्येबाट वडा कार्यसमितिका लागि बढीमा सात जना सदस्यहरु मनोनित गर्नेछ । ४ गाउँ मतदान केन्द्र समिति : १ गाउँ विकास समितिका प्रत्येक मतदान केन्द्रभित्रका कि्रयाशील र साधारण सदस्यहरु मिलेर कि्रयाशील सदस्यहरुमध्येबाट मतदान केन्द्र सभापति; कि्रयाशील र साधारण सदस्यहरुमध्येबाट एक सचिव एक कोषाध्यक्ष र आठ जना सदस्यहरुको निर्वाचन गर्नेछ ।२ मतदान केन्द्र सभापतिले निर्वाचित सदस्यहरुमध्येबाट मतदान केन्द्र कार्यसमितिका लागि एक उपसभापति एक सचिव एक सह-सचिवको नाम प्रस्ताव गरी निर्वाचित मतदान केन्द्र कार्यसमितिले चयन गर्नेछ ।३ मतदान केन्द्र सभापतिले कि्रयाशील र साधारण सदस्यहरुमध्येबाट मतदान केन्द्र कार्यसमितिका लागि बढीमा सात जना सदस्यहरु मनोनित गर्नेछ ।५  पार्टीका सांसद वा पार्टीको तर्फबाट पछिल्लो आमनिर्वाचनमा प्रतिनिधिसभा वा संविधानसभाको आम निर्वाचनमा उम्मेदवार भएको व्यक्ति जुन गाउँ विकास समितिको मतदाता नामावलीमा नाम छ त्यस गाउँ अधिवेशन तथा गाउँ सम्मेलन र गाउँ कार्यसमितिको पदेन सदस्य हुनेछ । त्यस्ता सदस्यले मतदानको अधिकार प्राप्त गर्नेछन् । ६  गाउँ कार्यसमितिको सभापति गाउँ अधिवेशनको पनि सभापति हुनेछ ।७  गाउँ कार्यसमितिले प्रत्येक वर्ष गाउँ सम्मेलन गर्नुपर्नेछ । गाउँ अधिवेशनका सदस्य गाउँ सम्मेलनका पनि सदस्य हुनेछन् ।८  गाउँ कार्यसमितिको सभापति गाउँ सम्मेलनको पनि सभापति हुनेछ ।९  नेपाली कांग्रेसको महाधिवेशन हुने वर्षदेखि बाहेक अन्य वर्षहरुमा गाउँ सम्मेलन बस्नेछ । गाउँ सम्मेलनले निर्वाचन बाहेक गाउँ अधिवेशनले गर्ने सबै काम गर्नेछ । १० गाउँ सम्मेलनले विभिन्न कार्यक्रम समेत स्वीकृत गर्नेछ ११ गाउँ कार्यसम्पादन समिति : १ गाउँ कार्यसमितिले सभापतिको अध्यक्षतामा उपसभापति सचिव कोषाध्यक्ष सहसचिव सहित समावेशी सिद्धान्तलाई समेत ध्यानमा राखी बढीमा सत्र जनाको गाउँ कार्यसम्पादन समिति गठन गर्नेछ ।२ गाउँ कार्यसमितिको बैठक नभएको बेला गाउँ कार्यसमितिको काम कर्तव्य र अधिकार कार्यसम्पादन समितिले गर्नेछ ।३ कार्यसम्पादन समितिले गाउँ कार्यसमितिको बैठकमा आफ्नो निर्णय अनुमोदनका लागि प्रस्तुत गर्नेछ ।१२ वडा तथा मतदान केन्द्र कार्यसम्पादन समिति: गाउँ वडा कार्यसमिति तथा गाउँ मतदान केन्द्र कार्य समितिहरुले गाउँ कार्यसम्पादन समितिको गठन प्रकि्रयाअनुसार नै वडा कार्यसम्पादन समिति तथा मतदान केन्द्र कार्यसम्पादन समिति गठन गर्न सक्नेछन् ।१३  क्षेत्रीय प्रतिनिधि : गाउँ अधिवेशनले कि्रयाशील सदस्यहरुमध्येबाट क्षेत्रीय अधिवेशनका लागि कम्तिमा दुई महिला एक दलित एक आदिवासी जनजाति एक मधेशी वा मुस्लिम वा अल्पसंख्यक वा पिछडिएको वर्ग सहित नौ जना प्रतिनिधिहरुको निर्वाचन गर्नेछ । तर महिला कि्रयाशील सदस्यता पच्चीस भन्दा बढी भएमा थप एक जना महिला प्रतिनिधि र सम्पूर्ण कि्रयाशील सदस्य संख्या एक सय भन्दा बढी भएमा अन्य एक जना प्रतिनिधि थप चुनिनेछन् । ६। नगर अधिवेशन तथा नगर सम्मेलन र नगर कार्यसमितिको गठन :१ नगर अधिवेशन नगर सम्मेलन र नगर कार्यसमितिको गठन देहायबमोजिम हुनेछ ।क  नगर अधिवेशन तथा नगर सम्मेलन र नगर अधिवेशन गठन गर्ने प्रयोजनका लागि नगरपालिका वा उपमहानगरपालिका वा महानगरपालिकाको क्षेत्रलाई नगर अधिवेशन तथा नगर सम्मेलनको क्षेत्र मानिनेछ । ख  नगर अधिवेशनको क्षेत्रभित्रका सबै कि्रयाशील सदस्यहरु नगर अधिवेशनका सदस्य हुनेछन् ।ग  प्रत्येक नगर अधिवेशनले नगर कार्यसमितिको गठन गर्नेछ ।घ नगर वडा कार्यसमितिका सदस्यहरु नगर अधिवेशनका र नगर सम्मेलनका सदस्य हुनेछन् । २ नगर कार्यसमिति :१ नगर अधिवेशनले कि्रयाशील सदस्यहरुमध्येबाट नगर कार्यसमितिका लागि सभापति एक सचिव एक कोषाध्यक्ष र आठ जना सदस्यहरुको निर्वाचन गर्नेछ । २ नगर सभापतिले निर्वाचित सदस्यहरुमध्येबाट नगर कार्यसमितिका लागि एक उपसभापति एक सचिव एक सह-सचिवको नाम प्रस्ताव गरी निर्वाचित नगर कार्यसमितिले चयन गर्नेछ ।३ नगर सभापतिले कि्रयाशील सदस्यहरुमध्येबाट नगर कार्यसमितिका लागि बढीमा सात जना सदस्यहरु मनोनित गर्नेछ । वडा सभापति र मतदान केन्द्र सभापतिहरु नगर कार्यसमितिका पदेन सदस्य हुनेछन् । ३ नगर कार्यसम्पादन समिति : १ नगर कार्यसमितिले सभापतिको अध्यक्षतामा उपसभापति सचिव सहसचिव कोषाध्यक्ष सहित समावेशी सिद्धान्तलाई समेत ध्यानमा राखी बढीमा सत्र जनासम्मको नगर कार्यसम्पादन समिति गठन गर्नेछ ।२ नगर कार्यसमितिको बैठक नभएको बेला नगर कार्यसमितिको काम कर्तव्य र अधिकार कार्यसम्पादन समितिले गर्नेछ ।३ कार्यसम्पादन समितिले नगर कार्यसमितिको बैठकमा आफ्ना निर्णय अनुमोदनका लागि प्रस्तुत गर्नेछ ।   ४) नगर क्षेत्रबाट क्षेत्रीय प्रतिनिधि : १ महानगरपालिकाका प्रत्येक वडाका कि्रयाशील सदस्यहरुले कि्रयाशील सदस्यहरुमध्येबाट क्षेत्रीय अधिवेशनका लागि कम्तिमा दुई महिला एक दलित एक आदिवासी जनजाति एक मधेशी वा मुस्लिम वा अल्पसंख्यक वा पिछडिएको वर्ग सहित नौ जना प्रतिनिधिहरु निर्वाचित गर्नेछन् । तर वडामा महिला कि्रयाशील सदस्यता पच्चीस भन्दा बढी भएमा थप एक जना महिला प्रतिनिधि र सम्पूर्ण कि्रयाशील सदस्य संख्या एक सय भन्दा बढी भएमा अन्य एक जना थप प्रतिनिधि निर्वाचित हुनेछन् । २  उपमहानगरपालिकाबाट देहायबमोजिम क्षेत्रीय प्रतिनिधिहरु निर्वाचित हुनेछन् क उप-महानगरपालिकाका प्रत्येक वडामा कि्रयाशील सदस्यहरुले कि्रयाशील सदस्यहरुमध्येबाट क्षेत्रीय अधिवेशनका लागि कम्तिमा एक जना महिला सहित पाँच जना प्रतिनिधिहरु निर्वाचित गर्नेछन् । तर वडामा महिला कि्रयाशील सदस्यता पच्चीस भन्दा बढी भएमा थप एक जना महिला प्रतिनिधि र सम्पूर्ण कि्रयाशील सदस्य संख्या एक सय भन्दा बढी भएमा अन्य एक जना थप प्रतिनिधि निर्वाचित हुनेछन् ।ख उपमहानगरपालिका नगर अधिवेशनका सम्पूर्ण कि्रयाशील सदस्यहरुले दलित कि्रयाशील सदस्यहरुमध्येबाट चार जना आदिवासी जनजाति कि्रयाशील सदस्यहरुमध्येबाट चार जना मधेशी वा मुस्लिम वा अल्पसंख्यक वा पिछडिएको वर्गका कि्रयाशील सदस्यहरुमध्येबाट चार जना समेत गरी बाह्र जना क्षेत्रीय प्रतिनिधिहरु निर्वाचित गर्नेछन् ।    तर उपमहानगरपालिकाका वडाहरु दुई वा सो भन्दा बढी निर्वाचन क्षेत्रमा परेका भए सम्बन्धित निर्वाचन क्षेत्रका नगर वडाहरुका सम्पूर्ण कि्रयाशील सदस्यहरुले दलित कि्रयाशील सदस्यहरुमध्येबाट दुई जना आदिवासी जनजाति कि्रयाशील सदस्यहरुमध्येबाट दुई जना मधेशी वा मुस्लिम वा अल्पसंख्यक वा पिछडिएको वर्गका कि्रयाशील सदस्यहरुमध्येबाट दुई जना समेत गरी छ जना क्षेत्रीय प्रतिनिधिहरु निर्वाचित गर्नेछन् । ३ नगरपालिकाबाट देहायबमोजिम क्षेत्रीय प्रतिनिधिहरु निर्वाचित हुनेछन् :क नगरपालिकाका प्रत्येक वडाका कि्रयाशील सदस्यहरुले कि्रयाशील सदस्यहरुमध्येबाट क्षेत्रीय अधिवेशनका लागि कम्तिमा एक महिला सहित तीन जना प्रतिनिधिहरु निर्वाचित गर्नेछन् । तर वडामा महिला कि्रयाशील सदस्यता पच्चीस भन्दा बढी भएमा थप एक जना महिला प्रतिनिधि र सम्पूर्ण कि्रयाशील सदस्य संख्या एक सय भन्दा बढी भएमा अन्य एक जना थप प्रतिनिधि निर्वाचित हुनेछन् ।ख नगरपालिकाका नगर अधिवेशनका सम्पूर्ण कि्रयाशील सदस्यहरुले दलित कि्रयाशील सदस्यहरुमध्येबाट तीन जना आदिवासी जनजाति कि्रयाशील सदस्यहरुमध्येबाट तीन जना मधेशी वा मुस्लिम वा अल्पसंख्यक वा पिछडिएको वर्गका कि्रयाशील सदस्यहरुमध्येबाट तीन जना समेत गरी नौ जना क्षेत्रीय प्रतिनिधिहरु निर्वाचित गर्नेछन् ।     तर नगरपालिकाका वडाहरु दुई वा सो भन्दा बढी निर्वाचन क्षेत्रमा परेका भए सम्बन्धित निर्वाचन क्षेत्रका नगर वडाहरुका सम्पूर्ण कि्रयाशील सदस्यहरुले दलित कि्रयाशील सदस्यहरुमध्येबाट दुई जना आदिवासी जनजाति कि्रयाशील सदस्यहरुमध्येबाट दुई जना मधेशी वा मुस्लिम वा अल्पसंख्यक वा पिछडिएको वर्गका कि्रयाशील सदस्यहरुमध्येबाट दुई जना समेत गरी छ जना क्षेत्रीय प्रतिनिधिहरु निर्वाचित गर्नेछन् ।५ नगर वडा कार्यसमिति :१ प्रत्येक नगर वडाका कि्रयाशील सदस्यहरुले कि्रयाशील सदस्यहरुमध्येबाट नगर वडा सभापति एक सचिव एक कोषाध्यक्ष र आठ जना सदस्यहरुको निर्वाचन गर्नेछन् ।२ नगर वडा सभापतिले निर्वाचित सदस्यहरुमध्येबाट नगर वडा कार्यसमितिका लागि एक उपसभापति एक सचिव एक सह-सचिवको नाम प्रस्ताव गरी निर्वाचित नगर वडा कार्यसमितिले चयन गर्नेछ ।३ नगर वडा सभापतिले कि्रयाशील सदस्यहरुमध्येबाट नगर वडा कार्यसमितिका लागि बढीमा सात जना सदस्यहरु मनोनित गर्नेछ  ४ निर्वाचित क्षेत्रीय प्रतिनिधिहरु र मतदान केन्द्र सभापतिहरु कार्यसमितिका पदेन सदस्य हुनेछन् । ६ नगर वडा कार्यसम्पादन समिति :१  नगर वडा कार्यसमितिले सभापतिको अध्यक्षतामा उपसभापति सचिव कोषाध्यक्ष र सह-सचिव सहित समावेशी सिद्धान्तलाई समेत ध्यानमा राखी बढीमा सत्र जनासम्मको नगर वडा कार्यसम्पादन समिति गठन गर्नेछ ।२ नगर वडा कार्यसमितिको बैठक नभएको बेला नगर वडा कार्यसमितिको काम कर्तव्य र अधिकार कार्यसम्पादन समितिले गर्नेछ ।<br> ३ कार्यसम्पादन समितिले नगर वडा कार्यसमितिको बैठकमा आफ्ना निर्णय अनुमोदनका लागि प्रस्तुत गर्नेछ ।  <br> ७ नगर मतदान केन्द्र कार्यसमिति :१ नगर वडाका प्रत्येक मतदान केन्द्रका कि्रयाशील र साधारण सदस्यहरु मिलेर कि्रयाशील सदस्यहरुमध्येबाट मतदान केन्द्र सभापति कि्रयाशील र साधारण सदस्यहरुमध्येबाट एक सचिव एक कोषाध्यक्ष र आठ जना सदस्यहरुको निर्वाचन गर्नेछ ।२ मतदान केन्द्र सभापतिले निर्वाचित सदस्यहरुमध्येबाट मतदान केन्द्र कार्यसमितिका लागि एक उपसभापति एक सचिव एक सहसचिवको नाम प्रस्ताव गरी निर्वाचित मतदान केन्द्र कार्यसमितिले चयन गर्नेछ ।३ मतदान केन्द्र सभापतिले कि्रयाशील र साधारण सदस्यहरुमध्येबाट मतदान केन्द्र कार्यसमितिका लागि बढीमा सात जना सदस्यहरु मनोनित गर्नेछ । ८ नगर मतदान केन्द्र कार्यसम्पादन समिति : नगर मतदान केन्द्र समितिले सभापतिको अध्यक्षतामा उपसभापति सचिव कोषाध्यक्ष र सह-सचिव सहित समावेशी सिद्धान्तलाई समेत ध्यानमा राखी बढीमा सत्र जना सम्मको नगर मतदान केन्द्र कार्यसम्पादन समिति गठन गर्न सक्नेछ । ९ पार्टीका सांसद वा पछिल्लो प्रतिनिधिसभा संविधानसभाको आमनिर्वाचनमा उम्मेदवार भएको व्यक्तिको जुन नगरपालिकाको मतदाता नामावलीमा नाम छ त्यस नगर अधिवेशन तथा नगर सम्मेलन र नगर कार्यसमितिको पदेन सदस्य हुनेछ । त्यस्ता सदस्यलाई मतदानको अधिकार रहनेछ ।१०  नगर कार्यसमितिको सभापति नगर अधिवेशन तथा नगर सम्मेलनको सभापति हुनेछ । नगर वडा कार्यसमितिको सभापति नगर वडा अधिवेशन तथा नगर वडा सम्मेलनको सभापति हुनेछ ।११ प्रत्येक वर्ष नगर तथा नगर वडा सम्मेलन बस्नेछ । नगर तथा नगर वडा अधिवेशनका सदस्य नगर तथा नगर वडा सम्मेलनका सदस्य हुनेछन् । १२  नेपाली कांग्रेसको महाधिवेशन हुने वर्षदेखि बाहेक अन्य वर्षहरुमा नगर तथा नगर वडा सम्मेलन बस्नेछ । नगर तथा नगर वडा सम्मेलनले निर्वाचन बाहेक नगर तथा नगर वडा अधिवेशनले गर्ने सबै काम गर्नेछ । साथै नगर तथा नगर वडाको वार्षिक कार्यक्रम स्वीकृत गर्नेछ । ७। गाउँ नगर वडा र नगर अधिवेशन तथा नगर वडा तथा नगर सम्मेलन र कार्यसमितिको काम कर्तव्य र अधिकार - १ गाउँ वा नगर अधिवेशनले सङ्गठनसम्बन्धी कामका साथै गाउँ नगर वडा वा नगर कार्यसमितिको प्रतिवेदन र समसामयिक विषयमा छलफल गरी आवश्यक मूल्याङ्कन र निर्णय गरी गाउँ नगर वडा वा नगर कार्यसमितिलाई आवश्यक निर्देशन दिनेछ । २  गाउँ नगर वडा वा नगर कार्यसमितिको काम कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ ।क  गाउँ वा नगर कार्यसमितिले आफ्नो क्षेत्रभित्रका सम्बन्धित वडा सभापतिको अध्यक्षतामा गाउँ वडा कार्यसमितिको गठन गर्ने र आवश्यकता अनुसार टोल समितिहरु गठन गर्ने । उक्त समितिहरुको काम कर्तव्य र अधिकार तोक्ने ।ख  गाउँ नगर वडा वा नगर स्तरका भ्रातृसंस्था र शुभेच्छुक संस्थाहरुलाई सहयोग पुर् याउने र आवश्यक समन्वय गराउने ।ग  पार्टी निर्देशनको पालना गर्ने र कार्यक्रमलाई कार्यान्वयन गर्ने गराउने ।घ  छिमेकी गाउँ वा नगर अधिवेशन वा कार्यसमिति र भ्रातृ संस्थाका एकाइहरुसँग सम्पर्क र सहयोग कायम गर्ने ।ङ   पार्टीका कि्रयाशील सदस्यहरुको कि्रयाकलापहरुबारे क्षेत्रीय कार्यसमितिमा प्रत्येक छ महिनामा नियमित प्रतिवेदन पठाउने ।च  समय समयमा पार्टी कार्यकर्ताको भेला राजनीतिक प्रशिक्षण गोष्ठी भ्रमण जस्ता कार्यक्रमको साचालन गर्ने ।छ  स्थानीय जनताका आवश्यकता र अप्ठुराहरुको समाधान गर्न सकि्रय रुपले सहयोगी रहँदै गाउँ विकास समिति वा नगरपालिकासँग समेत समन्वय राखी स्थानीय विकास वातावरण संरक्षण आदि कार्यमा संलग्न रहने ।ज  स्थानीय धार्मिक सांस्कृतिक एवं ऐतिहासिक सम्पदाको संरक्षण गर्न कि्रयाशील रहने । झ  पर्यटनस्थल सार्वजनिक उद्यान एवं विश्राम स्थलहरुको संरक्षण निम्ति उत्प्रेरित गर्ने ।   पर्यावरणको सुरक्षा वृक्षारोपण सरसफाई स्वास्थ्य शिक्षा तथा खानेपानीको प्रबन्धका निम्ति उपयुक्त वातावरण तयार गर्ने ।ट  सरकारी तथा गैरसरकारी संस्थाहरुसँग आवश्यक सम्पर्क र समन्वय राखी विकास कार्यमा सरिक हुने ।ठ  जुवा धूमपान मद्यपान लागूपदार्थ दुव्यस्रन जस्ता सामाजिक विकृतिका विरुद्ध जनचेतना जगाउने । ड  अपाङ्ग असहाय बालक र बृद्धहरुको हितका लागि प्रयत्नशील रहने । ढ  महिला किसान मजदुर साना व्यवसायी एवं आर्थिक र सामाजिक दृष्टिले पछाडि परेका वर्गको हक हितको संरक्षणमा कि्रयाशील रहने ।ण  सार्वजनिक पुस्तकालय वाचनालय खेलकूद सांस्कृतिक कि्रयाकलाप आदिको स्थापना र विकासका निमित्त उपयुक्त वातावरण तयार गर्ने र रचनात्मक कि्रयाकलापमा संलग्न प्रतिभाहरुको संरक्षण र प्रोत्साहनका लागि कि्रयाशील रहन सम्बन्धित निकायलाई जानकारी दिने ।त  स्थानीय विकास निर्माण कार्यमा जनसहभागीता जुटाउन सकि्रय रहने र उपभोक्ता समितिलाई आवश्यक सहयोग गर्ने ।३  पार्टीको माथिल्लो निकायबाट प्राप्त निर्देशनलाई पालन गर्नु गाउँ वडा गाउँ नगर वडा र नगर कार्यसमितिको कर्तव्य हुनेछ । ४  गाउँ नगर वडा र नगर कार्यसमितिको सभापतिको काम कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।५ गाउँ नगर कार्यसमितिहरुले पार्टीका तर्फबाट स्थानीय निकायका उम्मेदवारहरुको नाम सिफारिश गरी क्षेत्रीय कार्यसमितिमा पठाउनु पर्नेछ । ८। क्षेत्रीय अधिवेशन महाधिवेशन प्रतिनिधि महासमिति सदस्य क्षेत्रीय कार्यसमितिको गठन १  क्षेत्रीय अधिवेशन : संसदीय निर्वाचन क्षेत्र भित्रका प्रत्येक गाउँ र क्षेत्रभित्र परेको नगर वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरु तथा गाउँ कार्यसमिति नगर वडा र नगर कार्यसमितिका सभापतिहरु सो क्षेत्रका सांसद एवं संविधानसभा प्रतिनिधिसभाको पछिल्लो निर्वाचनमा पार्टीको उम्मेदवार भएको व्यक्ति सो क्षेत्रमा रहेका संविधानसभाको निर्वाचनमा पार्टीको तर्फबाट समानुपातिकमा उम्मेदवार भएका व्यक्ति तथा सो क्षेत्रमा रहेका पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु मिलेर पार्टीको क्षेत्रीय अधिवेशन बन्नेछ ।२ क्षेत्रीय कार्यसमिति : क्षेत्रीय कार्यसमितिको गठन देहायबमोजिम हुनेछ ।१ क्षेत्रीय अधिवेशनले आफ्ना सदस्यहरुमध्येबाट सभापति एक सचिव एक कोषाध्यक्षको निर्वाचन गर्नेछ । २ क्षेत्रीय अधिवेशनले आफ्ना सदस्यहरुमध्येबाट क्षेत्रीय कार्यसमितिका लागि नौ जना सदस्यहरु निर्वाचन गर्नेछ ।३ क्षेत्रीय सभापतिले निर्वाचित सदस्यहरुमध्येबाट कार्यसमितिका लागि एक उपसभापति एक सचिव र एक सहसचिवको नाम प्रस्ताव गरी निर्वाचित क्षेत्रीय कार्यसमितिले चयन गर्नेछ । ४ क्षेत्रीय सभापतिले क्षेत्रीय प्रतिनिधिमध्येबाट क्षेत्रीय कार्यसमितिका लागि बढीमा आठ जना सदस्यहरु मनोनित गर्नेछ ।५ महाधिवेशनका प्रतिनिधि एवं महासमिति सदस्यहरु क्षेत्रीय कार्यसमितिका पदेन सदस्य हुनेछन् ।३ क्षेत्रीय कार्यसम्पादन समिति : क्षेत्रीय कार्यसम्पादन समितिको गठन देहायबमोजिम हुनेछ ।  १ क्षेत्रीय कार्यसमितिले सभापतिको अध्यक्षतामा उपसभापति सचिव कोषाध्यक्ष सह-सचिव सहित समावेशी सिद्धान्तलाई समेत ध्यानमा राखी बढीमा सत्र जनासम्मको क्षेत्रीय कार्यसम्पादन समिति गठन गर्नेछ । २ क्षेत्रीय कार्यसमितिको बैठक नभएको बेला क्षेत्रीय कार्यसमितिको काम कर्तव्य र अधिकार कार्यसम्पादन समितिले गर्नेछ ।३ कार्यसम्पादन समितिले क्षेत्रीय कार्यसमितिको बैठकमा आफ्ना निर्णय अनुमोदनका लागि प्रस्तुत गर्नेछ । ४ पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सांसद वा पछिल्लो आम निर्वाचनमा प्रतिनिधि सभा तथा संविधानसभाका लागि उम्मेदवार भएको व्यक्ति आफू निर्वाचित भएको वा उम्मेदवार भएको क्षेत्रको क्षेत्रीय अधिवेशन र क्षेत्रीय कार्यसमितिको पदेन सदस्य रहनेछ । यस्तो सदस्यलाई निर्वाचनमा भाग लिन र मतदानको अधिकार पनि हुनेछ । तर धारा ५ को उपधारा ५ र धारा ६ को उपधारा ९ को प्रयोग गरेमा यस उपधाराको अधिकार प्रयोग गर्न पाइने छैन ।५ क्षेत्रीय कार्यसमितिको सभापति क्षेत्रीय अधिवेशन तथा क्षेत्रीय सम्मेलनको पनि सभापति हुनेछ ।६ क्षेत्रीय कार्यसमितिले प्रत्येक वर्ष क्षेत्रीय सम्मेलन गर्नुपर्नेछ । क्षेत्रीय अधिवेशनका सदस्यहरु क्षेत्रीय सम्मेलनका पनि सदस्य हुनेछन् ।