Govinda Raj Joshi

Bisweshwor Prasad Koirala Ganesh Man Singh Krishna Prasad Bhattarai Girija Prasad Koirala

सभापतिका मान्छे विस्तारै भाग्दैछन्

गोविन्दराज जोशी,नेता नेपाली काग्रेस / कुनैबेला राष्ट्रिय राजनीतिकै केन्द्रमा रहेका नेपाली काङ्गे्रसका नेता गोविन्दराज जोशी यतिबेला आफ्नै पार्टीभित्र पनि ओझेलमा छन् । गिरिजाप्रसाद कोइरालाको अत्यन्तै निकट रहेकै कारण पटकपटक विभिन्न मन्त्रालय सम्हालेका जोशी कोइरालाकै सदिच्छाले शक्तिका हिसाबले महŒवपूर्ण मानिने गृहमन्त्रीसमेत भए ।       तर पछिल्लो समयमा चाहिनेभन्दा बढी विश्वास गरेर कोइरालाले माओवादीसँग १२ बुँदे समझदारी गरेको भन्दै कोइरालासँगको दूरी बढाए । हालै सम्पन्न बाह्रौँ महाधिवेशनमा केन्द्रीय सदस्यमै पराजित जोशीकै पहलमा काङ्गे्रसभित्र नयाँ धार जन्मिएको छ । जसमा केबी गुरुङ विनयध्वज चन्दलगायतका नेता छन् । यस धारलाई काङ्गे्रसभित्र चौथो धारका रुपमा चित्रण गरिन्छ । पहिलो संस्थापन धार दोस्रो देउवा धार तेस्रो भीमबहादुर तामाङ धार र चौथो यो धार । तर पार्टीभित्र अस्तित्व नै सङ्कटमा पर्ने खतरा देखिएपछि यो धारले अहिले देउवा धारसँग निकटता बढाएको छ । पछिल्लो समयमा पार्टीभित्र चुलिएको पदाधिकारी मनोनयनको विवादपछि सुशील कोइरालाप्रति धेरै असन्तुष्ट रहेका जोशीले ुबुधबारुसँगको कुराकानीमा आगामी महाधिवेशनसम्म सुशील धारको अस्तित्व समाप्त नै हुने ठोकुवा गरे । काङ्गे्रसभित्रको किचलो र राष्ट्रिय राजनीतिको निकासमा केन्द्रित रहेर जोशीसँग गरिएको कुराकानी ः ० तपाईंको पार्टीको बाह्रौँ महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको थियो तर पार्टी त झन् विभाजनतिर गइरहेको देखिन्छ नि - हाम्रो पार्टीमा अहिले एउटा पुस्ताबाट अर्को पुस्तामा नेतृत्व हस्तान्तरण भएको छ । विगतको जस्तो केन्द्रीकृत र एकल नेतृत्व अब पार्टीमा चल्दैन भन्ने कुरा महाधिवेशनअघि नै महासमिति बैठकले टुङ्गो लगाएको हो । त्यही अनुरुप विधान पनि ल्यायौँ तर अहिले पनि नेतृत्वमा विगतकै मानसिकता हाबी भयो । समस्या नै त्यही हो । ० अहिले काङ्गे्रसमा सामूहिक नेतृत्व छैन र - प्राविधिक रुपमा हामी सामूहिक नेतृत्वमा त गयौँ तर मानसिक रुपमा परिवर्तन हुन सकेनौँ । पार्टीमा एउटा मर्यादा हुन्छ । पार्टीमा चाहिने र योगदान गरेका मान्छेको व्यवस्थापन गर्न नसक्ने हो भने पार्टी चल्दैन । पार्टी भनेको समान विचारधारा भएका मान्छेहरुको समूह हो । तर त्यस्ता व्यक्तिलाई परिचालित गर्न सकिएन भने कसरी पार्टी चल्छ ० नेतृत्वले तपाईंहरुलाई जिम्मेवारी दिएन भन्नेमा मात्र असन्तुष्टि हो - क्षमता भएका र योगदान भएकाहरुको व्यवस्थापन गर्नैपर्छ । त्यति मात्र होइन अहिले नेतृत्व विधानसम्मत ढङ्गले नचल्नाले मूल समस्या देखापरेको हो । विधान अनुरुप सामूहिक ढङ्गले नेतृत्व चल्न सकेन । ० कसरी एकल नेतृत्व भयो सभापतिले त सामूहिक ढङ्गले नै चल्छु भन्नुभएको छ त - अहिले पनि सभापतिले ुम यसो गर्छुु भन्नुहुन्छ । हामीले विधानबाट म भन्ने शब्द हटाइसकेका छौँ । हामीहरु भन्ने ठाउँमा म नै भन्नुहुन्छ । यसको अर्थ एकल नेतृत्व चलाउने आकाङ्क्षा उहाँमा छ । जो अब चल्दैन । ० पदाधिकारी मनोनयन पनि सल्लाहबाटै गर्छु भनेर बैठक स्थगित गरिरहनुभएको छ त्यो एकल नेतृत्वको आरोप त अलि मिथ्या भएन र - सल्लाह त भन्नुभएको छ तर खै त गर्नुभएको काङ्गे्रसको उपसभापति वा महामन्त्री एमाले र माओवादीका त हुँदैनथे होला † जम्मा ६५ जना निर्वाचित केन्द्रीय सदस्यबाटै ल्याउने हो त्यहीँ निर्वाचन गरे भइहाल्यो नि त † ० तर कृष्ण सिटौलालाई महामन्त्री बनाउँदा माओवादीको महामन्त्री हुन्छ भनेर तपाईंहरुले नै प्रचार गर्नुभएको छ नि - व्यक्तिका बारेमा कसले के भन्यो किन भन्यो त्यो मलाई थाहा छैन । तर पद्धति र प्रकि्रया अनुरुप चल्नुपर्छ भन्ने मात्र हाम्रो भनाइ हो । सभापतिले पदाधिकारीहरुको नाम प्रस्तुत गर्नुहुनेछ भनेर विधानमा भनिएको छ । तर उहाँलाई इच्छा परेकाको नाम भनेको छैन । ६५ जनामध्ये नाम कसरी लिने सभापतिले मन लागेका व्यक्तिलाई पेस गर्ने त भनेको छैन । ० मनोनयन भनेकै सभापतिलाई काम गर्ने अनुकूलताका लागि गरिएको व्यवस्था होइन र - ८५ जनाको केन्द्रीय कार्यसमितिमा २१ जना मात्र मनोनित गर्ने व्यवस्था छ । अहिले सभापतिलाई सम्झौता गर्नैपर्ने बाध्यता विधानमा बनाइएको छ । सभापतिले नाम मात्रै प्रस्तावित गर्ने र त्यसपछि चयन गर्ने भनिएको छ । चयन गर्ने भनेपछि दुई जना त उम्मेदवार चाहियो नि † उम्मेदवार एउटा दिएर भोट हाल भन्न त मिलेन नि ० सभापतिले नाम प्रस्ताव गर्नुभएको मात्र त हो तर देउवा समूहले छुट्टै भेला नै गर् यो तपाईं पनि त्यहीँ जानुभएछ - सभापतिले प्रस्ताव ल्याउँदा छलफल नै नगरी ल्याउनुभयो । यद्यपि छलफल गर्नैपथ्र्यो भन्ने होइन । स्प्रिट सहमतिमै जाने हो । तर सहमतिमा नगई त्यसै प्रस्ताव ल्याउनुभयो । देउवाजीले सभापति कोइरालासँग भएको कुराकानीबारे जानकारी गराउन मात्र भेला बोलाउनुभएको हो । ० त्यसो भए आफ्नो समूहकालाई मात्र किन बोलाउनुभयो त - कहाँ आफ्नालाई मात्र बोलाउनुभयो र हामीलाई पनि त बोलाउनुभयो । ० अहिले त तपाईंहरु पनि देउवा समूहमा गइसक्नुभएको होइन र - यो विषयमा चाहिँ कोइरालाको प्रस्तावको विरोधी हो । त्यस कारण देउवाजीसँग विचार मिलेको छ । हामीहरु वास्तवमा ुहामीहरु नै हौँ ।ु हाम्रो छुट्टै समूह छ । त्यसो भन्दैमा सबै कुरामा देउवाजीसँग टाढा हुन्छौँ भन्ने होइन । तर अहिले हामी समूहगत रुपमा नै यो प्रस्तावको विरुद्धमा छौँ । ० उपसभापति वा महामन्त्रीमध्येमा तपाईंको समूहमा कुलबहादुर गुरुङको नाम अगाडि सारेपछि देउवासँग टाँसिन पुग्नुभएको भन्छन् नि - त्यस्तो होइन । न त गुरुङको नाम अगाडि सारिएको छ न त अगाडि सार्ने व्यवस्था नै छ । नाम त सभापतिले नै ल्याउनुपर्छ देउवाजीले अगाडि सारेर हुँदैन । व्यक्तिका बारेमा त्यस भेलामा कुरा भएकै होइन । सभापतिले ल्याउनुभएको प्रस्तावको प्रकि्रयाका बारेमा छलफल भएको हो । ० सभापतिले त देउवालाई पार्टी फुटाएर जान पनि चेतावनी दिनुभएछ - सभापति पदमा पुगेको मान्छेका मुखबाट त्यस्ता कुरा निस्किनुहुँदैन । नेतृत्व नदिए पनि अरु पार्टीका ऊर्जावान मान्छेलाई त आफ्नो पार्टीमा ल्याउनुपर्छ । तर प्रजातान्त्रिक भनिने पार्टीको नेताले नै त्यस्तो कुरा बोल्ने हो ० बहुमतका आडमा घेराबन्दीमा पारेपछिको आक्रोश होला नि - बहुमतको आडमा घेराबन्दीको कुरा नै होइन । हामीले विधानमा नै बहुमत र अल्पमतको पद्धति स्वीकार गरेका छौँ । चयन गर्ने भनेको चुनाव हो । नत्र सभापतिले प्रस्ताव गर्ने र कार्यसमितिले अनुमोदन गर्ने व्यवस्था हुन्थ्यो । छलफल गरेरै ुअनुमोदनु भन्ने शब्द हटाएर ुचयनु भन्ने शब्द राखिएको हो । त्यहाँ मात्र होइन संसदीय दल कार्यव्यवस्था समिति विभागीय बोर्ड सबैमा चयनको व्यवस्था छ । सभापतिलाई विवादबाट मुक्त बनाउनकै लागि यो व्यवस्था गरिएको हो । ० काङ्गे्रसभित्र तपाईंहरुको समूहको अस्तित्वचाहिँ विस्तारै बिलाउँदै गएको हो - वास्तवमै हामी अप्ठ्यारोमा परेका छौँ । देउवाजीसँग हिजो धेरै कुरामा हाम्रो मतभेद थियो । जसका कारण गएको अधिवेशनमा सहयोग गर्न सकेनौँ । तर अब हामीलाई सुशील कोइरालाबाट संरक्षण हुने लक्षण पनि देखेनौँ । ० के हुन् त तपाईंहरुका माग दाबीचाहिँ - माग दाबी त हामीले गरेकै छैनौँ । मागेर पाइने कुरा पनि होइन । सभापति भइसकेपछि समन्वयकारी भूमिका खेल्नुपर्छ त्यसमा पनि हामी त सबैभन्दा नजिकका । उहाँले हामीलाई त सँगै लिएर हिँड्न सक्नुहुन्न भने देउवाजीलाई कसरी सँगै लिएर हिँड्ने ० त्यसो हो भने के त काङ्गे्रस फेरि विभाजन नै हुन्छ - मैले अस्ति भर्खरै देउवाजी र उहाँका साथीहरुसँग भेटेँ । उहाँहरु पार्टी फुटाउने कुरामा पटक्कै विश्वास गर्नुहुन्न । उहाँहरुको अभियान पार्टी मिलाएर जाने नै छ । बरु सभापतिका अभिव्यक्तिबाट चाहिँ चिन्तित हुनुहुन्छ । ० अहिलेको विवाद सुल्झाउने उपायचाहिँ के छन् त - सामूहिक नेतृत्व र सहमतीय पद्धतिमा गइसकेपछि नेतृत्वले कुनै आग्रह पूर्वाग्रह नराखी सबै साथीहरुको सल्लाहमा काम गर्नुपर्छ । त्यसो नहुँदा हाम्रोजस्तो प्रजातान्त्रिक पार्टीले चुनावबाट डराउनु हुँदैन । जसले निर्वाचन जित्छ उही उपसभापति हुन्छ महामन्त्री हुन्छ । तर अरु पनि इच्छुक हुँदाहुँदै उम्मेदवारचाहिँ एउटै मात्र सभापतिले पेस गर्नुहुँदैन । अर्को उपाय भने उपसभापति र महामन्त्रीमा अहिले प्रस्तावित उम्मेदवारले सभापतिलाई मद्दत गर्नुपर् यो । अहिलेको विवाद ती उम्मेदवार ठीक भएनन् भन्ने हो । त्यसकारण उहाँहरुले सभापतिलाई सहयोग गर्नका लागि उम्मेदवारी फिर्ता लिनुभयो भने त्यो सहमतीय वातावरणका लागि राम्रो बाटो हुन्छ । ० एक व्यक्ति एक पदको अवधारणा पनि बाहिर आएको थियो फेरि किन सेलाएछ - उहाँले किन बोल्नुभयो फेरि किन छोड्नुभयो त्यो थाहा भएन । तर नेपाली काङ्गे्रसको सभापतिजस्तो व्यक्तिले त्यस्ता चाँडै कुरा फेर्ने गरी बोल्नुहुँदैन । त्यसले उहाँलाई राम्रो गर्दैन । ० त्यो अवधारणाचाहिँ कति उपयुक्त थियो - म त्यो मान्यता मान्दिनँ । राजनीतिमा त्यस्तो हुँदैन । कि त विधानमै व्यवस्था गर्नुपर् यो नत्र विधानबाहिर गएर बोल्नु हुँदैन । एक व्यक्ति एक पद भन्ने कुरा हाम्रो विधानमा छैन । सभापतिलाई त्यस्तो अधिकार पनि छैन । संसदीय दलको नेता संसदीय दलले बनाउँछ उपसभापति कार्यसमितिले बनाउँछ । यस्तो कुरा नबुझ्ने सभापतिले नबोल्दा राम्रो हुन्छ । क्षमता भएका र उपयोगी मान्छेले धेरै पद लिन पनि सक्छन् । ० महाधिवेशनमा दिलोज्यान दिएर कोइरालालाई सहयोग गर्ने केही नेता पनि अहिले देउवातिर लहसिएपछि देउवा चाहिनेभन्दा बढी उत्साहित हुनुभयो पनि भनिन्छ नि - त्यो त स्वाभाविक हो । परिस्थितिले विस्तार-विस्तार सभापतिका मान्छे भाग्दै छन् । म त संस्थापन पक्ष भनेरै लडेको मान्छे हुँ । हिजोका प्रजातान्त्रिक काङ्गे्रसका मान्छेसँग मेरा धेरै असहमति थिए । तर अब आगामी तेह्रौँ महाधिवेशनसम्म पुग्दा अहिलेको संस्थापन पक्ष समाप्तै हुने परिस्थिति देखेको छु । मलाई त्यसको चिन्ता छ । ० कुनै समय पार्टीमा मात्र होइन राष्ट्रिय राजनीतिमा पनि केन्द्रमा हुनुहुन्थ्यो विस्तारै-विस्तारै पार्टीभित्रै पनि किनारातिर धकेलिनुभयो नि - अहिले पनि म कार्यकर्ताको केन्द्रमै छु । काङ्गे्र्रसभित्र विचारको लडाईं चलिरहेको छ । विचार कहिल्यै पनि हार्दैन । हामीले विगतमा भन्दै आएका कुरा सत्य सावित हुँदै आएका छन् । ० तपाईंका विचार सही हुन् भने किनारामा पुर् याउने सबै कार्यकर्ताले चाहिँ गल्ती गरेका हुन् त - कार्यकर्ताले पनि हामीलाई प्रशस्तै सहयोग गरेका छन् । केबीजीले चुनाव नै जित्नुभयो । मैले पनि ३३ प्रतिशत मत ल्याएको छु । त्यो हारेको होइन । आफ्नो विचार कार्यकर्तामाझ पुर् याउन हामीले सकेनौँ कि हामीबाट सायद त्यो कमजोरी भयो होला । ० परिणाम नदिने प्रधानमन्त्री निर्वाचनको एक्लो दौडबाट नबाहिरिएर काङ्गे्रसले निकास अवरुद्ध पार् यो भनिन्छ नि - नेपालको राजनीति अत्यन्तै जटिल मोडमा पुगेको छ तर कुनै दलभित्र त्यसको सूक्ष्म विश्लेषण भएकै छैन । भाषणमा संविधान र शान्ति प्रकि्रयालाई प्राथमिकता दिइन्छ तर वास्तविक चिन्ता र चासो सरकारको नेतृत्व कसले गर्ने भन्नेमा मात्र छ । शान्ति प्रकि्रयाको परिभाषा सबै पार्टीका फरक-फरक छन् । संविधानका मूलभूत मतभेदमा पनि मिल्न धेरै गाह्रो छ । यो देशमा माओवादी नेतृत्वको सरकार नबन्ने निश्चित छ । त्यति मात्र होइन उसले भनेजस्तो संविधान बन्दैन । माओवादीले भनेजति लडाकूको समायोजन पनि नहुने भयो । अब माओवादीसम्मुख उज्यालो देखिँदैन । त्यसैले अब ऊ बाध्यतावश कठिन बाटोमा जान्छ । यो जटिल परिस्थितिको विश्लेषण खोइ अरु पार्टीमा भएको ० के गरिदिनुपर् यो त अब काङ्गे्रस र एमालेले - माओवादीको बाध्यताका गम्भीर विश्लेषण गरेर सुरक्षित अवतरणको ुस्पेसु खोज्नुपर्छ । माओवादीमा पनि सम्झौता गर्नुबाहेकको विकल्प छैन । ० काङ्गे्रस आफ्ना उम्मेदवारलाई निर्विरोध गर्नुपर्छ भनिरहेको छ विशेष अधिवेशनबाट के सार्थक निष्कर्ष निस्केला र - काङ्गे्रसले आफ्नो अडान लिनु स्वाभाविक हो तर निकास निकाल्ने जिम्मा सर्वोच्च अदालतले सभामुखलाई दिएको छ- काङ्गे्रसले आफ्नो अडान लिनु स्वाभाविक हो तर निकास निकाल्ने जिम्मा सर्वोच्च अदालतले सभामुखलाई दिएको छ । अब सभामुखले निर्णय दिनुपर्छ । ० काङ्गे्रसकै एक समूह पौडेललाई प्रधानमन्त्री नबनाउने भित्री खेलमा छ भन्छन् नि - देउवाजी आफैँ प्रस्तावक हुनुहुन्छ । उहाँले भोट हालिहाल्नुहुन्छ । अरु त के गर्नू ० पहलकदमी नलिएको कुरा पनि त छ - उहाँ लागिरहनुभएकै छ नि † उहाँकै समूहका विमलेन्द्र निधिलगायतका साथीहरु पनि खटिरहनुभएको देखेको छु ।