Govinda Raj Joshi

Bisweshwor Prasad Koirala Ganesh Man Singh Krishna Prasad Bhattarai Girija Prasad Koirala

कांग्रेस महाधिवेशनको सन्देश

                           नागरिक दैनिक्मा प्रकासित  Published in Nagarik Daily www.nagariknews.c   कांग्रेस महाधिवेशनको सन्देश  Monday, 11 October 2010 10:07 गोविन्दराज जोशी पंचायतकालमा प्रहरीको चरम यातना सहेर र माओवादीको गोली छातीबाट पसेर काखीबाट निक्लँदा पनि बाँचेकाले ‘जिउँदा सहिद' कहलिएका स्याङजाका खगेन्द्र रेग्मीले पनि नेताको ‘प्यानल'मा वा कार्यकर्ताको मनमा ठाउँ पाएनन्। नेपाली कांग्रेसको बाह्रांै महाधिवेशन समाप्त भएको छ। कार्यकर्ताको भावना र शुभेच्छुकको चाहनाअनुसार कांग्रेसको गाउँ, नगर वडादेखि केन्द्रसम्मको सांगठनिक स्वरूप निर्माण भएको छ। यस महाधिवेशनले संगठनलाई जीवन्त बनाउने विश्वास कांग्रेसका शुभचिन्तकले गरेका छन्। हुनत, यो एकताको महाधिवेशन हुने र पार्टिभित्र गुट उपगुटको अन्त्य भएर भावनात्मक एकता हुने पनि विश्वास लिइएको थियो। समूह घोषणा गरेर निर्वाचनमा जाँदा भावनात्मक एकता नारामा सीमित भएको छ। एकताको महाधिवेशन भनिए पनि यसमा देखिएको गुटबन्दीले कांग्रेसमा कस्तो प्रभाव पर्ला अहिल्यै केही भन्न सकिँदैन। महाअधिवेशन नयाँ कार्यसमिति चुनेर समाप्त भएको छ। निर्वाचनमा केबी गुरुडबाहेक अरू यो वा त्यो समूहमा परेका उमेदवारको मात्र विजय भएको छ। यति चर्को गुटबन्दीको पनि पहिलो अभ्यास भएकाले अब कांग्रेस कस्तो होला अनुमान गर्न कठिन छ। नेपाली कांग्रेसको विधानले पार्टीलाई पूर्ण समावेशी र कार्यकर्तालाई अधिकार सम्पन्न बनाएको छ। यो विधान बनाउन पंक्तिकार पनि संलग्न थियो। विधान बनेपछि भएको सबै तहको अधिवेशनले पार्टीलाई पूर्ण समावेशी बनाएको हो। सबै जात, वर्ग ,लिङ्गको प्रतिनिधि संस्थाका रूपमा कांग्रेसले आगामी चुनौतीको सामना गर्न सक्ने आशा सबैले गरेका छन्। विधानले कार्यकर्तालाई अधिकार सम्पन्न पनि बनाएको छ। अब कांग्रेसका कार्यकर्ता निगाहमा बाँच्नपर्ने अवस्था छैन। सबै कार्यकर्ता अधिकार सम्पन्न भएका छन्। कार्यकर्ताले चाहे भने कसैलार्ई पनि धुरीमा वा जमिनमा पर्‍याउन सक्छन्। यो नेपाली कांग्रेसको विधानमा भएको लोकतन्त्रीकरणको योगदान हो। चक्र बास्तोलादेखि तारानाथ रानाभाटसम्म, यो लेखकदेखि विनयध्वज चन्दसम्म, रामकृष्ण ताम्राकारदेखि शुक्रराज शर्मासम्मको पराजयले कार्यकर्तालाई मन नपरे नेताले इतिहास जपेरमात्र नपुग्ने साबित भएको छ। कार्यकर्तालाई मन नपरे अब नेता हुन पाइँदैन। पंचायतकालमा प्रहरीको यातनाले सासमात्र बाँकी रहेका स्याङजाका नेता खगेन्द्र रेग्मी पनि चुनावमा हारे। माओवादीले हानेको गोली छातीबाट पसेर काखीबाट निक्लदा पनि बाँच्न सफल रेग्मीलाई सबैले ‘जिउँदा सहिद' भनेर मुखले सम्मान गरे पनि उनी न नेताको ‘प्यानल'मा परे न कार्यकर्ताको दिलमै बस्न सके। यसभन्दा इतिहासको बेइज्जती र राजनीतिक विडम्बना अरू के होला र? राजनीति यति विवेकहीन पनि हुनसक्तो रहेछ। यसबाट नेता हुन निष्ठा र त्याग वा इतिहासले पुग्दैन भन्ने साबित भएको छ। अब त कार्यकर्ताको मन छुन सक्नुपर्छ भन्ने प्रमाणित भएको छ। गगन थापादेखि अर्जुन नरसिंह केसीसम्म, कृष्ण सिटौलादेखि रामचन्द्र पौडेलसम्म, र खुमबहादुर खड्कादेखि शंकर भण्डारीसम्मका नेताको विजयले त्यही पाठ हामी सबैलाई सिकाएको छ। अहिले हारेका जति सबै सुशील कोइरालाले आफ्नो प्यानेलमा नराखेकाले हारँ भन्छन्। त्यो unt धारणा हो। नेता हुन चाहनेले अरूलाई दोष दिएर हुँदैन आफूभित्र पनि नियाल्न सक्नुपर्छ। बिचरा सुशीलजीले कति जनालाई आफनो प्यानलमा राख्ने? यसैले आफ्नो पराजयको कारण आफैँभित्र छ कि भनेर खोजी गर्नुपर्छ। निर्वाचनमा पराजित भएदेखि अहिलेसम्म यस पंक्तिकारलाई पनि धेरै जना एघारौं र बाह्रौं दुवै महाधिवेशनमा सुशील कोइरालाले प्यानेलमा नपारेकाले हारेको भनेर उक्साउँछन्। सुशीलले केबी गुरुङलाई त प्यानेलमा राख्नसक्नु भएन। प्यानेलमा बस्न चाहनेको संख्या कति धेरै भयो भने जो लाममा अगाडि आयो उनी पर्‍यो। पछि आउनेहरू छिटो दौडे, चाँडै लाइनमा बसे, प्यानेलमा परे। पुरानाहरू गजक्क परेर बसे, लाइनमा ढिलो पुगे पछि परे। पछि लाइनमा बस्नेको पालै आएन। त्यतिमात्र भएको हो। प्यानलमा पार्नै नचाहेको त कहाँ हो र? प्यानल पनि सुशील कोइरालाले कहा बनाएको हो र? उहाँ त त्यतिखेर बिरामी हुनुह्न्थ्यो। उहाँको नाममा ककस्ले के के बनाए सायद त्यो सबै थाहा पनि पाउनु भएन। प्यानल बनाउनेलाई कस्को योगदान कति छ भन्ने थाहा हुनु पनि पर्‍यो? केबी गुरुङकै योगदानको चर्चा गरौँ। उहाँ पनि निर्वासनमा हुनुहुन्थ्यो। बीपीले २०३३ सालमा राष्ट्रिय मेल मिलापको नीति लिएर नेपाल फर्कने निर्णय गर्नुभयो। बीपी नेपाल फर्कनुअघि शासकहरूको मनसुवा बुemन चाहनुहुन्थ्यो। पञ्चायती शासकले कांग्रेसका नेता कार्यकर्ताप्रति कस्तो व्यवहार गर्लान् भन्ने पत्ता लगाउन बीपीले नेपाल केही कार्यकर्तालाई नेपाल पठाउन खोज्दा अरू नमानेपछि केबी गुरुङ ,वाशुदेवशरण कोइराला र धर्म गौतम तीन जना नेपाल आउनु तयार हुनुभयो। नेपाल फर्कनुअघिको अन्तिम साँझको खाना पटनामा बीपीका मित्र देवेन्द्रबाबुको घरमा खाने तय भएछ। त्याहा बीपी, गणेशमानजी र गिरिजा बाबु र नोना कोइराला पनि हुनुहुँदो रहेछ। खाना खाँदै गर्दा गणेशमान सिंहले ठट्टैठट्टामा भन्नु भएछ - आजको खाना भचाखुसीमा राणाहरूले दहीचिउरा खुवाएजस्तेf हो। भनाइको अर्थ, तिमीहरू मर्न जाँदै छौ भन्ने हो। नभन्दै नेपाल आउनेबित्तिकै उहाँहरूलाई पक्राउ गरेर जेलमा थुनियो। उहाँहरूलाई मार्ने निधो भएको केबी गुरुङका भाइले थाहा पाएछन्। उनले केबीकी श्रीमतीलाई जेलमा भेट्दा नरुने सर्तमा भेट गराएका रहेछन्। भाग्यले त्यति बेलै देशको राजनितिक अवस्थामा परिवर्तन आएकाले यो उनीहरू मारिएनन्। तर केबीलाई सुशीलले प्यानलमा राख्नका लागि यो त कुनै कारण भएन। अहिले यो सबै थाहा पाउने बीपी, गिरीजा बाबु पनि हुनुहुन्न। तैपनि केबीले चुनाव जितिहाल्नु भयो। यसमा गुनासो गर्नुपर्ने कारण के छ र? पंचायतकालमा विनयध्वज चन्द बर्दीयामा कांग्रेसको संगठन गर्दै हुनुहुन्थ्यो। बीपीले नै उहाँलाई बैतडी पठाउनु भएको रहेछ । सुशील र विनयध्वज बर्दियाको जेलमा पनि सँगै बस्नु भएको थियो रे। अहिले माओवादीले विनयको सर्वस्व हरण गरेका छन्। द्वन्द्व व्यवस्थापन समितिको संयोजकका रूपमा माओवादीले मारेकाहरूलाई सरकारबाट सहिदको घोषणा गराउने कामको विनयध्वजले नेतृत्व गर्नुभएको हो। मावोवादी ज्यादतीविरुद्ध कांग्रेसका कार्यकर्ताको पक्षमा सधैँ दृढ रहेकै कारण माओवादीले उहाँको सारा सम्पत्ति लुटे। यसरी सर्वस्व गुमाउँदा पनि अडान नछोड्ने विनयध्वजलाई कार्यकर्ताले एक मत दिँदा के बिग्रन्थ्यो होला र? कार्यकर्ताले पनि उनलाई प्यानलमा पारेनन् भने सुशील कोइरालालाई मात्र किन दोष दिने? कृष्ण सिटौला र रामचन्द्र पौडेल प्यानलमा पारेपछि विनय ध्वजका लागि ठाउँ पनि त कहाँ बाकी भएन नि। दुवैथरी एउटै प्यानलमा बस्न र राख्न पनि मिल्दैनथ्यो। यसैले जे भएको छ ठीकै भएको छ। केवी र विनयध्वज नै प्यानलमा नपरेपछि यो पंक्तिकार त्यसमा पर्ने सम्भावनै थिएन। साथै, म प्यानलमा नपर्ने अरू पनि केही कारण छन्। एउटा त ममा पंचायती गन्धै थिएन। बीपीको सशस्त्र क्रान्तिलाई समर्थन र सहयोग गर्दै जिल्लामा क्रियाशील भएर भूतपूर्व सैनिकलाई संगठित गरेरसाथ दिएकाले प्यानलमा नपरेको हुनसक्छ। पंचायतकालमा नेपालभित्रै बसेर पार्टीको संगठनमा लाग्न कति कठिन थियो भन्ने अब त सबैले बिर्सिसके नि। मेरो अर्को अयोग्यता २०१७ सालपछि निरन्तर कांग्रेसमा क्रियाशील रहनु र जस्तोसुकै कठिन परीस्थितिमा पनि पार्टी नछाड्नु मानिएको हुनसक्छ। सधैँ भाडाको घरमा रहँदा परेको अप्ठेरो हटाउन पार्टीको कार्यालय भवन बनाउन मैले पहल गरेँ। त्यो काम सायद कार्यकर्तालाई मन परेन होला। त्यसैले म रोजाइमा परिन । पार्टी फुट्दा मैले गिरिजाबाबुलाई साथ दिइ रहँे। त्यो पनि कसैलाई मन परेन होला। राजाले शासन हातमा लिएलगत्तै विरोध आन्दोलनको सुरु घोषणा र सुरुमा संचालन मैल नै गरेको थिएँ। म रोजाइमा नपर्ने कारण त्यो पनि हुनसक्ला। म एघारौं महाधिवेशन गराउन अपेक्षाकृत बढी नै क्रियाशील भएको थिएँ। मैले पार्टीमा सैद्धान्तिक प्रश्न उठाइरहे। बाह्र बुँदे सहमति गल्ती हो र त्यसैका कारण कांग्रेसको यो अवस्था भएको हो भन्ने मेरो मान्यता हो। म अहिले पनि त्यही मान्यतामा छु। माओवादीले हाम्रा हजारौं हजार कार्यकर्ताको बिनाकारण हत्या गरेको छ। माओवादीकै कारण कांग्रेसका हजारांै कार्यकर्ता विस्थापित भएका छन्, हजारांैको सम्पत्ति लुटिएको छ। यसैले माओवादीसँगको मिलेमतो कांग्रेसका लागि स्वीकार्य र हितकर हँदैन भन्दा पार्टी नेतृत्व मसँग असन्तुष्ट थियो। कांग्रेसको यो कार्यशैली बीपीको राष्ट्रिय मेलमिलापको सिद्धान्तविपरीत छ भन्ने मेरो मान्यता छ। यो मैले कार्यकर्तालाई बुझाउन सकिन। आज पार्टीमा माओवादीसँग मिलेमतो गर्नुपर्छ भन्नेहरूकै बाहुल्य भएको छ। अब माओवादी पीडित कार्यकर्ताको विषय उठाउनु निरर्थक हुन्छ। यसैले यस्ता कुरा अब नकोट्याऊँ। यति भएर पनि मलाई सहयोग गर्ने साथीहरूप्रति आभारी छु। बाह्रौं महाधिवेशन चलिरहँदा कांग्रेसका संस्थापकमध्येका जीवित नेता किसुनजी अस्पतालमा भर्ना हुनु भएको थियो। अस्पतालबाट उहाँले ‘कांग्रेस अब मूल्य र मान्यताविहीन भएको छ' भन्नुभयो। उहाँको यस अभिव्यक्तिलाई कांग्रेसको जिम्मेवार पदमा बसेका व्यक्तिले गम्भीरतापूर्वक लिनुपर्छ। जेहोस्, राम्रा र सैद्धान्तिक प्रतिबद्धता भएका साथीहरू निर्वाचित हुनुभएको छ। सबै वर्ग, लिङ्ग, जातिको प्रतिनिधित्व भएको समावेशी कार्यसमिति बनेको छ। यस कार्य समितिबाट देशभरका कांग्रेस कार्यकर्ताले धेरै ठूलो आशा गरेका छन्। पार्टीसामु धेरै चुनौती छन्। यसको सामना गर्न वर्तमान कार्यसमिति सफल हुनेछ। बाहांै महाधिवेशनले दिएको सन्देश यही हो।