Govinda Raj Joshi

Bisweshwor Prasad Koirala Ganesh Man Singh Krishna Prasad Bhattarai Girija Prasad Koirala

Interview on Budhawar weekly

हाम्रै मन्त्रीहरूले काङ्गे्रसलाई धेरै डुबाइदिए 

गोविन्दराज जोशी नेता, नेपाली काङ्गे्रस ०

नया“ सरकार गठनको ठोस सङ्केत नै छैन तर तपाईंहरू नेतृत्वको हानाथाप गर्न व्यस्त हुनुहुन्छ नि ? – हाम्रो केन्द्रीय कार्यसमितिको बैठक आइतबार सकिएको छ । त्यो बैठकमा महाधिवेशनका लागि एउटा लेखापरीक्षक नियुक्त गर्नेबाहेक केही निर्णय भएको छैन । ० बैठकमै कसले सरकारको नेतृत्व गर्ने भन्नेमा निक्कै चर्काचर्की भयो भन्ने सुनिन्छि नि ? – पार्टीभित्रका केही सैद्धान्तिक मतभेदबारे छलफल भएको हो । महामन्त्री विमलेन्द्र निधिले केही दिनअगाडि सरकारका विषयमा केही जानकारी दिनुभएको थियो । त्यसै विषयमा केन्द्रित भएर सरकारमा जाने÷नजाने, जा“दा कसरी जाने भन्नेबारे सामान्य छलफल भएको हो । पछि महामन्त्रीले मैले यो एजेन्डा नै राखेको छैन, म फिर्ता गर्छु भन्नुभयो । राख्नेले नै फिर्तां लिएपछि त्यसबारे निर्णय हुने कुरै भएन । ० बैठकमा सरकारका विषयमा कुनै निर्णय भएन होला तर अनौपचारिक रूपमा रस्साकस्सी त खुबै चलेको छ नि ? – अनौपचारिक त कहा“–कहा“, के–के हुन्छ त्यसको के कुरा ? अनौपचारिक कुरा औपचारिक हु“दैनन् । अनौपचारिक छलफल गर्ने संयन्त्रले केही निर्णय गरेको छैन । सरकारमा जाने निर्णय भएपछि को–को पठाउने, कसको नेतृत्वमा पठाउने भन्ने चाहि“ केन्द्रीय समितिको अधिकारभित्रको कुरा हो । ० तर, सुरुमा नेतृत्वको विवाद टुङ्ग्याएपछि मात्रै सरकारको नेतृत्वको प्रस्ताव अघि सार्ने तयारी गरेजस्तो देखिन्छ नि ? – व्यक्ति त गौण कुरा हो । पहिला मापदण्ड तयार हुनुपर्छ । मापदण्ड तयार भएपछि पार्टी विधान अनुसार संसदीय समितिले सबै कुरा टुङ्गो लगाउ“छ । ० संसदीय दलको विधानले दलको नेताले नेतृत्व गर्ने व्यवस्था गरेकै छ,, किन यत्रो बबन्डर गरिरहनुभएको ? – मूल कानुनस“ग बाझिएका सहायक कानुनहरू स्वतः शून्य हुन्छन् । नेपालको संविधानस“ग बाझिएका अन्य कतिपय कानुनहरू छापिएका त हुन्छन् तर ती स्वतः शून्य हुन्छन् । संशोधन गरिरहने आवश्यकता नभए पनि संशोधन गरेर मिलाउनुपर्छ । संशोधन भइसकेपछि विधानका प्रावधानलाई त्यसका सहायक कानुनहरूले काट्न सक्दैन । संसदीय दलको कानुन सहायक कानुन हो । नेपाली काङ्गे्रसको नियमावली पनि परिवर्तन भएको छैन । नियमावलीमा विधानस“ग बाझिएका धेरै कुरा छन् । मूल कानुनस“ग बाझिएका अरू कानुनको व्याख्या गरेर सहायक कानुन ठीक हो भन्न मिल्दैन । ० भनेपछि नया“ मापदण्ड बनाएरै सबै कुराको अन्तिम निक्र्योल गर्नुपर्छ भन्ने तपाईंको भनाइ हो ? – हो । अन्तरिम सरकारमा बसेका मन्त्री नया“ सरकारमा नजाने मापदण्ड बन्यो भने के हुन्छ ? त्यो त गर्न सक्छ । किनभने, अन्तरिम सरकारमा बसेका मन्त्रीहरूले पार्टीलाई धेरै डुबाइदिए भन्ने छ । ० पार्टीलाई त ०४६ सालदेखि धेरै समय सरकारमा बस्ने तपाईंहरूले नै डुबाइदिनुभयो भन्ने छ नि ? – त्यो पनि छ । ०४६ देखि मन्त्रिमण्डलमा पुग्नेलाई अब नपठाउने मापदण्ड पनि बनाउन सकिन्छ । त्यो कुरा पनि पार्टीभित्र व्यापक रूपमा उठेको छ । त्यसो भयो भने नया“ मान्छे खोज्नुप¥यो । यी सबै काम मापदण्डले निर्धारण गर्छ । अब बन्ने सरकार अरू पार्टीस“ग मिलेर बनाउने हो । त्यसैले सकेसम्म माओवादीसहित नभए पनि अहिलेका २२ दलको समर्थन लिएर बनाउनुपर्छ । पार्टीभित्र बहुमत र अल्पमतको निर्णय गरेर, कानुनको कुरा खोजेर सरकारको नेतृत्व पाए पनि कसरी चल्छ ? ० उधारो प्रधानमन्त्रीका लागि तपाईंहरूभित्रको हानाथापले गिरिजाप्रसाद कोइरालाको निधनपछि लगामको अभाव भएको जस्तो देखिन्छ नि ? – कहा“ लगाम हुनु ? उहा“ले सभापतीय नेतृत्वका लागि धेरै जोड गर्नुभयो । महासमितिमा पनि हामीले उहार“लाई रोइकराई, हात जोडेर यस्तो कुरा नगर्नुस् भनेपछि हाम्रो कुरा मान्नुभयो । र, हामीले सामूहिक नेतृत्वको अभ्यास सुरु ग¥यौ“ । गिरिजाप्रसादको जस्तो अधिकार अहिलेका पदाधिकारीलाई हु“दैन । तर, पदाधिकारीहरूलाई त्यस्तै अधिकार चाहिएको छ । समस्या यसैमा छ । ० सरकारका विषयमा कुनै छलफल नभए पनि प्रधानमन्त्री पदका लागि तीन नेताको दौडधुप चलेको त स्वीकार्नुहुन्छ नि ? – यो दौडधुप भनेको ‘नानी नजन्मदै कन्दनी वाट्ने’ नेपाली उखान जस्तो हो । प्रधानमन्त्रीले राजीनामा दिएका छैनन्, त्यसपछि पनि केही दिन लाग्छ । तर के को हानाथाप ? काङ्गे्रसलाई नेतृत्व दिन दलहरूबीच सहमति भएको भए त एउटा कुरा † दलहरूबीच आफ्नो पार्टीको नेतृत्वका लागि छलफल गरेर लिखित सहमति भएपछि व्यक्तिको विषय उठ्नुपथ्र्यो । ० कार्यवाहक सभापतिले नै काङ्गे्रसले नेतृत्व पाए रामचन्द्र पौडेलले गर्ने सङ्केत दिइसक्नुभयो नि ? – त्यो कुरा बैठकमा भएको छैन । बाहिर ठट्टामा भन्नुभएको होला । ० तपाईंको व्यक्तिगत दावी चाहि“ के हो ? दलहरूबीच तपाईंकै पार्टीलाई नेतृत्व दिने सहमति भएमा कसले नेतृत्व गर्नुपर्छ ? – मापदण्ड तयार भइसकेपछि मेरो व्यक्तिगत दावी रह“दैन । संसदीय बोर्डले जे निर्णय गर्छ, त्यो मैले मान्नुपर्छ । तर, व्यक्तिगत कुरा गर्दा कुलबहादुर गुरुङलाई नै नेतृत्वको मौका दिनुपर्छ भन्ने लाग्छ । ० त्यो दावीका आधार चाहि“ के हो ? – शेरबहादुर देउवा धेरैपटक प्रधानमन्त्री भइसक्नुभयो । रामचन्द्रजीले अन्तरिम शासनका बेला सरकारमा रहेर धेरै सम्झौता गरेर चुनाव सार्ने कामदेखि लिएर पार्टीलाई चौपट पार्ने काम गर्नुुभयो । त्यसकारण एकपटक उहा“हरू आफैले लड्दिन भन्दा हुन्छ । केबी गुरुङलाई दिइयो भने यो पार्टीमा सहमति पनि आउ“छ । उहा“ ०१७ सालभन्दा पहिलेको मान्छे हो । शेरबहादुर, रामचन्द्र, म काठमाडौ“मा पढ्दा उहा“ बीपीस“ग निर्वासनमा हुनुहुन्थ्यो । बीपी ०३३ मा नेपाल आउ“दा त्योभन्दा पहिले मारिए केबी नै मारिन्छ भनेर पहिला केबीलाई नै काठमाडौ“ पठाइयो । उहा“ जेल पर्नुभयो । त्यसपछि बीपी आउनुभयो । पुरानो मान्छेलाई सम्मान पनि गर्नुपर्छ । ० अहिले तपाईंको पार्टीको निर्णय मात्रैले पनि हुनेवाला छैन, प्याकेजको सहमति भनिएको छ । माओवादीले आफ्नो केही नलागे रामचन्द्र पौडेललाई नै प्रधानमन्त्री बनाउने कार्ड फ्या“केको छ रे नि ? – त्यो मलाई थाहा छैन । अर्काको लहैलहैमा लागेर हि“ड्नुहु“दैन । सबै पार्टीस“ग कुटनीतिक ढङ्गले कुरा गरेर पार्टीभित्र पनि छलफल गरेर बढ्नुपर्छ । हाम्रो पार्टीको अधिकारमाथि अर्काले ‘त“लाई बनाइदिन्छु’ भनेर त हु“दैन । अरू पार्टीलाई मनपर्छ कि पर्दैन भनेर हु“दैन । ० तपाईंकै पार्टीका नेताले बाबुराम हुन्छ, प्रचण्ड हु“दैन भन्दा चाहि“ हुने, अरूले चाहि“ भन्न नपाउने ? – म त्यसको विपक्षमा छु । प्रचण्ड र बाबुराममा केही फरक छैन । किनभने, दुइटै माओवादी हुन् । मेरा लागि झलनाथ, माधव नेपाल र खड्ग ओलीमा कोही फरक छैन । तीनैजना एमाले हुन् । हामीले अरू पार्टीभित्र खेलेर झगडा लगाउनु हु“दैन । माओवादी नेतृत्व स्वीकार्ने हो भने प्रचण्डले गरे पनि, बाबुरामले गरे पनि, किरणले गरे पनि केही फरक पर्दैन । सैद्धान्तिक कुरा गर्नुपर्छ । आफ्नै नेतृत्वमा सहमति जुटाउन प्रयत्न गर्नुपर्छ । प्रयत्न गर्दा पनि भएन भने त के गर्ने ? ० के गर्नुहुन्छ त आफ्नो नेतृत्वमा बहुमतकै सरकार बनाउने कसरत गरिरहनुहुन्छ ? – वर्तमान सरकारलाई काङ्गे्रसको केन्द्रीय कार्यसमितिको बैठकले समर्थन गरेको हो । तर, माधव नेपालजीको राजीनामा हामी रोक्न सक्दैनौ“ । उहा“ रह“दासम्म समर्थन गर्ने हाम्रो नैतिक धर्म हो, त्यो गरिरहेका छौ“ । ० तीनबु“दे सहमतिपछि अब नया“ सरकारको खोजी भइरहे्को छ । तर, सबैतिर तगारो नै देखिन्छ, कसरी अघि बढ्ला अबको राजनीति ? – मुख्यतः छलफल र वार्ता नै कसरी अगाडि बढ्छ भन्ने हो । विगत दुईवर्ष शान्ति र संविधान नेपालको राजनीतिका प्राथमिक विषय बनेनन् । सरकार त दोस्रो कुरा हो । जेठ १४ सम्म संविधान बनाएर नया“ संविधान लागू भएको मितिबाट अर्को सरकार बन्नेछ भनेर लेखिदिएको भए त माधव नेपालजी उहिल्यै गइसक्नुहुन्थ्यो । तर, संविधान प्राथमिकतामा परेन । ० काङ्गे्रस र माओवादीबीच सहयात्रा नहुनुले पनि समस्या उब्जाएको हो नि, होइन ? – हाम्रो पार्टीभित्र पनि माओवादीलाई हेर्ने विषयमा झगडा छ । हामीले गरेका प्रतिबद्धता पनि पूरा गर्नुपर्छ । तर, माओवादीले गरेका प्रतिबद्धता उसले पूरा गर्दैन भने ऊस“ग हाम्रो सहकार्य हुनै सक्दैन । माओवादी उग्रवामपन्थी पार्टी हो । हामी उदार प्रजातन्त्रवादी हौ“ । हामीबीच कुरा नमिल्दा–नमिल्दै पनि शान्ति र संविधानका मुद्दामा केन्द्रित रहेर सहकार्य नहुने भने होइन । तर, सम्झौता किन गरेको ? १२ बु“दे सम्झौतामा हस्ताक्षर गर्ने तर त्यहा“ लेखिएका कुरा पूरा नहुने हो भने त्यो सम्झौता धोका हो । विश्वमा मानिएको बहुलवादमा आधारित बहुदलीय लोकतन्त्रप्रतिको इमानदारीपूर्वक प्रतिबद्धता व्यक्त गर्दैन भने नेपालको राजनीतिमा माओवादीस“ग हाम्रो सहकार्य हुन सक्दैन । ० जेठ १४ गते रातीको तीनबु“दे सहमतिको पहिलो बु“दा माओवादीले कार्यान्वयन गरेमा उसको नेतृत्व स्वीकार्नुहुन्छ ? – त्यो तीन बु“दे सहमतिको मुख्य उद्देश्य भनेको संविधानसभाको म्याद थप्ने हो । विश्वकै राजनेताहरूले गरेको सहमतिको दस्तावेज मध्ये यो तीन बु“दे सहमति चाहि“ उत्कृष्ट खालको जालसाजीको दस्तावेज हो । त्यो हाम्रो क्षमता हो । त्यस्तो खालको भाषा नै लेख्नुहु“दैनथ्यो । तीन बु“दामा तीन पार्टीले तीनथरी कुरा बुझ्ने पनि हुन्छ ? फेरि, माओवादीलाई सहमतिको सरकारको नेतृत्व दिनुपर्छ भनेर त्यहा“ लेखिएको छैन । त्यसैले समस्या आएको सरकार प्राथमिकतामा परेर नै हो । सरकारलाई दलहरूले प्राथमिकतामा नपार्ने हो भने निकासका धेरै बाटाहरू निकाल्न सकिन्छ । ० जस्तै, कस्तो बाटो ? – दुई महिनामा संविधान बनाऔ“, तटस्थ सरकार बनाऔ“, कुनै पार्टीमा संलग्न नभएका मान्छेलाई मन्त्रिमण्डलमा राखौ“ । त्यसले छ महिनाभित्र निष्पक्ष चुनाव गर्छ । यसो गर्दा पनि लोकतन्त्रको संरक्षण हुन्छ । ० सहमतीय प्रणाली छाडेर तपाईंहरूकै कारण बहुमतीय प्रणालीमा गएर पनि समस्या जन्मिएको हो भनिन्छ नि ? – हाम्रो पार्टीको सिद्धान्त नै बहुमतीय पद्धति हो । हामी सहमतीय पद्धति मान्दै मान्दैनौ“ । ० तर संविधान निर्माणको यो प्रक्रियामा त बहुमतीय पद्धति त असफल भयो नि ? – कहा“ असफल भा’छ र ? ५० जोड एकको निर्णय नै सहमतीय हो । पूरै सहमति भनेको चाहि“ तानाशाही हुन्छ । यद्यपि, सङ्क्रमणकालीन  समयमा सहमतीय प्रणाली बेठीक नै हो चाहि“ भन्दिन“ । बहुमतीयले बिगे्रको भन्छन् । तर, त्यसैले सप्रिएको हो । बहुमतीय पद्धति त हाम्रो गीता हो, गायत्री मन्त्र हो । हामीले गायत्री मन्त्र छाडिदिने ? ० युवा दस्ता बनाउने विषयले पनि काङ्गे्रसमा ठूलै विवाद जन्मायो नि ? – हामीहरूको पार्टीमा वाईसीएल र युथफोर्स विघटन गर्नुपर्छ भन्ने पनि छन् । साथै, आफ्नै युवा दस्ता गठन गर्नुपर्छ भन्ने जोड पनि छ । तर, यो विषय पार्टीमा औपचारिक रूपमा आएको छैन । आएपछि छलफल होला । ० महाधिवेशन पनि आउ“दैछ, काङ्गे्रसभित्र यतिबेला सभापतिका उम्मेदवार बढी छन् कि उधारो प्रधानमन्त्रीका उम्मेद्वार ? – हाम्रो पार्टीको महाधिवेशन माओवादी पक्षधर र माओवादीइतरको सैद्धान्तिक आधारमा हुन्छ । ० दुईटा होइन धार त तीनवटा छन् नि ? – दुईटा भनेको, माओवादी जस्तो उग्रवामपन्थी पार्टीस“ग सैद्धान्तिक रूपमा अङ्कमाल गर्नु गलत थियो भन्ने पहिलो धार हो । होइन उसलाई शान्ति प्रक्रियामा ल्याउन जे ग¥यौ“, ठीक ग¥यौ“ भन्ने अर्को धार हो । धेरैजसो यही दुईधारमा विभाजित छन् । यस मध्ये महामन्त्री केबी, विनयध्वज चन्द, मलगायतका साथीहरू चाहि“ पहिलो धारका पक्षमा छौ“ । माओवादीले जे–जे भन्छ त्यसकै पछि लाग्ने हो भने हाम्रो पहिचान चाहि“ के त ? ० तर, सुशील–रामचन्द्र धार, देउवा धारभन्दा त तपाईंहरूको धार धेरै कमजोर छ रे नि ? – हाम्रो धार पार्टीमा सबैभन्दा बलियो छ । अधिकांश कार्यकर्ताले काङ्गे्रस गलत बाटोमा हि“डेको रहेछ भन्ने बुझिसकेका छन् । हामी धेरै जिल्ला घुम्यौ“ । हाम्रो धारको ठूलो पकड रहेको पायौ“ । यो भविष्यले पनि देखाउ“छ । ० त्यसो भए सभापतिमा केबी गुरुङलाई पनि उभ्याउनुहुन्छ ? – हामी व्यक्तिलाई प्राथमिकता दिंदैनौ“ । उहा“ले ‘म पनि हुन सक्छु’ भन्नुभएको छ । जिल्ला अधिवेशन सकिएपछि देशभरका साथीहरूलाई भेला गरेर भावी रणनीति तय गर्छौं ।

बुधवार सापताहीकमा प्रकाशित २०६७। ३। ९